
गण्डकी । पोखराको नयाँ बजारमा १९१५ सालमा स्थापित चण्डीमाई देवीको मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्ने प्रयास थालिएकोे छ ।
तत्कालीन समयमा हालको नयाँबजारस्थित क्षेत्रीय सङ्ग्रहालय र ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयको कार्यालय रहेको स्थलमा गलैँचाको बोटमुनि पुर्खाले चण्डीमाई मन्दिरको स्थापना गर्नुभएको स्थानीय समाजसेवी एवम् चण्डीमाई सेवा समितिका अध्यक्ष तेजबहादुर भुजेलले जानकारी दिनुभयो । तत्कालीन समयमा स्थापना भएको त्यो मन्दिर तीनपटकसम्म स्थानान्तरण भएको जानकारी दिँदै उहाँले स्थापनाको केही समयपछि नयाँबजारकै हाल अख्तियारको कार्यालय रहेको स्थान हुँदै अहिलेको दरबारथोकस्थित चोकमा ल्याइएको बताउनुभयो ।
शिलालेखअनुुसार त्यो मन्दिर १९१५ सालमा स्थापना गरिएको र २०२५ सालमा जीतबहादुर भुजेलको सक्रियतामा पुनःनिर्माण गरिएको हो । ‘वरपरको बस्ती, तत्कालीन आवश्यकता आदिका आधारमा मन्दिर स्थानान्तरण भएको हुनसक्छ’ अध्यक्ष भुजेलले भन्नुभयो– ‘पोखराको पुरानो मन्दिर भएर पनि यसको प्रवद्र्धन हुन नसक्दा चर्चामा आउन सकेको छैन ।’
मनले चिताएको पुग्ने विश्वासका साथ भक्तजन पूजाआजा गर्न यहाँ आउने गरेका छन् । मन्दिरको ऐतिहासिकतालाई प्रचारप्रसार गरी धार्मिक पर्यटकीय गन्तव्यका रुपमा यहाँको विकास गर्ने दीर्घकालीन सोच रहेको अध्यक्ष भुजेलले बताउनुभयो । मन्दिरमा स्थापनाकालीन शिलाको मूर्ति हालसम्म पनि रहेको जानकारी दिँदै उहाँले प्रत्येक वर्षको वैशाख १ गतेका दिन सामूहिक कल्याणको कामना गर्दै बलिसहित चण्डी देवीको पूजाआजा गर्ने गरिएको बताउनुुभयो । मन्दिरको विभिन्न पूर्वाधार निर्माण गर्न वडा कार्यालयले पटक पटक गरी ५४ लाख रुपैयाँ गरेको अध्यक्ष भुजेलले जानकारी दिनुभयो ।
सामाजिक सचेतना र जागरणको केन्द्र बन्दै
चण्डीमाई मन्दिर यस क्षेत्रका स्थानीयको जागरणको केन्द्र बनेको छ । मन्दिरकै नाममा गठित चण्डिका आमा समूह यहाँको समाजिक जागरणमा सक्रिय बनिरहेको समूहका संस्थापक सचिव एवम् पूर्वअध्यक्ष विमला रानाभाटले जानकारी दिनुभयो । समूहमा यस क्षेत्रका ७५ महिला आवद्ध छन् ।
‘नवदुर्गाका अवसरमा महोत्सव आयोजना गर्दै आएका छौँ’ उहाँले भन्नुभयो । मन्दिर परिसरमा निर्मित भवनमा यहाँको टोल विकास संस्थाको कार्यालय सञ्चालनका साथै योगा हल आदिले सामाजिक कार्यमा महत्वपूर्ण सहयोग पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन