
म्याग्दी । म्याग्दीको प्रवासी नेपाली सङ्घ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य सङ्घ म्याग्दीले आयोजना गरेको खुल्ला फोटो प्रतियोगितामा पत्रकार हरिकृष्ण गौतमले खिचेको बेनी नगरपालिका–५ मा अवस्थित पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रमको तस्बिर उत्कृष्ट घोषित गरिएको छ ।
तस्बिर खिचेवापत गौतम एक लाख नगदबाट पुरस्कृत हुनुभएको छ । म्याग्दीको प्रवासी नेपाली सङ्घ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी जिल्लाभित्रका पर्यटकीय, धार्मिक तथा सांस्कृतिकस्थलको प्रवद्र्धनका लागि आयोजित प्रतियोगितामा पत्रकार गौतमको पुहलाश्रमको तस्बिर पहिलो भएको हो ।
फोटो प्रतियोगिताका संयोजक बाबुराम पौडेलका अनुसार गौतमको तस्बिरमा पुलहाश्रम, सदरमुकाम बेनीबजार, म्याग्दी र कालीगण्डकीको सङ्गमस्थल, पर्वतको जलजला गाउँपालिका समेटिएको छ । प्रतियोगितामा बेनी नगरपालिका–९ तोरीपानीका मिलन खत्रीले खिचेको ढोलठान दरबारमा रहेको पदमार्गसहितको दृष्यावलोकन गर्ने स्थानको तस्बिरले ५० हजार राशिको दोस्रो पुरस्कार जितेको छ ।
रघुगङ्गा गाउँपालिका–३ पिप्लेका भविन्द्र शाहीले खिचेको स्थानीय भगवती मन्दिरको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको छ । दोस्रो र तेस्रो हुनेले क्रमशः ५० हजार र २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
प्रतियोगितामा सहभागी घनश्याम खड्काको तस्बिर फुच्चे गुराँसले रिसर्चवेस अवार्ड, देवी जिसीको मालिकाधुरीको तस्बिरले धार्मिक अवार्ड तथा खड्गबहादुर छन्त्यालको ताकमस्थित हनुमान मूर्तिको तस्बिरले मोष्ट कमेन्ट अवार्ड जितेको प्रतियोगिताका संयोजक पौडेलले जानकारी दिनुभयो । उहाँहरुले जनही ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति