+

प्रधानमन्त्री राहत कोषमा साल्ट ट्रेडिङद्वारा ६० लाख हस्तान्तरण

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि  साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले ५० लाख रुपैयाँ  हस्तान्तरण  गरेको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई कर्पोरेसनका अध्यक्ष प्रदीपलाल श्रेष्ठले आज  रकम हस्तान्तरण गर्नुभएको हो । त्यसअवसरमा प्रधानमन्त्री ओलीलाई कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले १० लाख रुपैयाँ हस्तान्तरण गर्नुभयो । 

कर्पोरेसनमा कार्यरत कर्मचारीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले रकम हस्तान्तरण गर्नुभएको कर्पोरेसनले जनाएको छ । त्यस अवसरमा प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले हालैको बाढीपहिरो र डुबान पीडितलाई अन्य सहयोग जारी रहने जानकारी दिनुभएको कर्पोरेसनले जनाएको छ ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट