
पर्वत । नेपालीहरुको महान् पर्व बडादशेँको मुखैमा बर्खायाममा अवरुद्ध बनेका यहाँका सबैजसो ग्रामीण सडक सञ्चालन भएका छन् ।
यस वर्षको मनसुन पनि सकिनै लागेको र चाडपर्व मनाउन ग्रामीण क्षेत्रमा आउने यात्रुहरुलाई दृष्टिगत गर्दै जिल्लाका मुख्य तथा सहायक सडक सञ्चालन गरिएको हो । पर्वतका सातवटै पालिकाले बजेट व्यवस्थापन गरेर दशैँ अगावै सडक सञ्चालन गरेका हुन् । अधिकांशले डोजर र स्काभेटरको प्रयोग गरेका थिए भने केही पालिकाले उपभोक्ता समितिमार्फत सडक सरसफाइ गरेका हुन् ।
अहिले सदरमुकाम जोडिने कुनै पनि सडक अवरुद्ध नरहेको पर्वत यातायात व्यवसायी समितिले जनाएको छ । गाउँ फर्किने र खाद्यान्न ढुवानी गर्ने सबैखाले सवारी साधन सहज रुपमा गाउँगाउँमा पुग्न थालेको पर्वत यातायात व्यावसायी समितिका सञ्चालक हेम शर्मा पौडेलले बताउनुभयो । वर्षा रोकिएकाले कच्ची सडकमा सवारी साधन चलाउन पनि सहज भएको छ ।
फलेवास नगरपालिकाका नगरप्रमुख गङ्गाधर तिवारीले मुख्य सडक मात्र नभई टोलटोलमा पुग्ने सडक मर्मत तथा सरसफाइ गरेर यातायात सञ्चालन गरिएको बताउनुभयो । उहाँले नगरपालिकाका दुईवटा डोजर प्रयोग गरेर एक सातामा सबै सडक खुलाइएको बताउनुभयो । जिल्लाको मुख्य सडकको सूचीमा रहेका दोविल्ला–फलेवास, दोविल्ला–ठुलीपोखरी–कार्किनेटा, कालीगण्डकी करिडोर, बेनी–मालढुङ्गा, मध्य पहाडी लोकमार्गको पर्वत खण्ड, पातीचौर–देउपुर–लप्सीबोट तथा देउराली जोड्ने, कुश्मा–दुर्लुङ, अर्मादी–बनौ, मिलनचोक–शालिजा–भोटेडाँडा, चिसापानी–हुवास–त्रिवेणी–खहरेखोला, लमाए–लुङ्खु–हुवासजस्ता मुख्य सडक मात्र नभई अन्य सडक सञ्चालन भएका यातायात व्यावसायीले बताएका छन् ।
पालिकाहरुले चाडपर्वलाई लक्षित गरेर सडक मर्मत गरिदिँदा गाउँ फर्किनेलाई सहज भएको ट्राफिक प्रहरी प्रमुख सीताराम ओझाले जानकारी दिनुभयो । सडक सुविधायुक्त भए पनि कुश्माबजारको ट्राफिक व्यवस्थापनमा समस्या आएको छ । दशैँमा पनि निर्माण सम्पन्न भएको बसपार्क सञ्चालनमा नआउँदा सवारी साधन पार्किङले समस्या बढाएको उहाँको भनाइ छ ।
प्रहरीले यात्रु तथा सवारी चालकको सुविधाका लागि सदरमुकाम कुश्माबजार र दक्षिण पर्वतको पैंयुँ गाउँपालिकास्थित हातेमालोचोकमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ ।
सवारी दुर्घटना न्यूनीकरणका साथै सवारीधनीबाट यात्रु ठगिनबाट जोगाउनका लागि यात्रु सहायता कक्ष प्रभावकारी बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामप्रसाद सापकोटाले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति