
काठमाडौँ । जापानमा संसद विघटन भएको छ ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले बुधबार संसद विघटन गर्नुभएको हो । प्रधानमन्त्री इशिबाले संसद विघटन गरेर आगामी अक्टोबर २७ मा मध्यावधि निर्वाचनको घोषणा गर्नुभएको छ ।
इशिबाको लिबरल डेमोक्रेयाटिक पार्टी (एलडीपी) ले दशकौँ देखि जापानमा लगभग निर्बाध रूपमा शासन गर्दै आएको छ । यो दलमा बारम्बार नेता परिवर्तन भइरहँदा जनताको विश्वास घट्ने क्रम बढेको छ । एलडिपी पुनः निर्वाचित हुने लगभग निश्चित छ ।
गत हप्ता मात्र प्रधानमन्त्रीमा नियुक्त भएका इशिबा जापानको जनसाङ्ख्किीय सङ्कटबाट प्रभावित गरिब क्षेत्रका साथै रक्षामा खर्च बढाउने जस्ता नीतिहरू मार्फत आफ्नो जनादेशलाई अगाडि बढाउन चाहनुहुन्छ । इशिबाले बुधबार पत्रकारहरूसँग भन्नुभयो– ‘हामी यो निर्वाचनलाई निष्पक्ष र इमानदारीपूर्वक सामना गर्न चाहन्छौं, ताकि यो सरकारले (जनताको) विश्वास प्राप्त गर्न सकोस्।’
संसदका सभामुखले सम्राटको छाप भएको प्रधानमन्त्रीको पत्र पढेर सुनाएका थिए, जसमा सांसदहरूले ‘बन्जाई’ को नारा लगाएपछि औपचारिक रूपमा संसद् विघटन गर्नुभएको हो ।
इशिबाका पूर्ववर्ती फुमियो किशिदाको तीन वर्षे सरकारले स्लश कोष प्रकरण र बढ्दो मूल्यवृद्धिमा मतदाताको असन्तोषका कारण अत्यधिक न्यून दरमा अनुमोदित हुनुपरेको थियो।गत साता भएको सर्वेक्षणले इशिबालाई ४५–५० प्रतिशतले अनुमोदन गरेको थियो भने किशिदा प्रशासनको अन्तिम महिनामा किशिदालाई २०–३० प्रतिशत अनुमोदन दर (समर्थन) थियो । इशिबाका समर्थकहरूले आत्म–स्वीकृत प्रतिरक्षा ‘गीक’ र एलडीपीको संस्थापन पक्षका मुखर आलोचक इशिबाले पार्टीको लोकप्रियतालाई बढावा दिने र युवाहरूलाई मतदानमा आकर्षण गर्ने विश्वास लिएका छन् ।
टोकियो विश्वविद्यालयका राजनीतिशास्त्रका प्राध्यापक यु उचियामाका अनुसार अहिले संसद् विघटन गरेर ६७ वर्षीय इशिबाले आफ्नो ‘ सय दिन’ को शासन अवधि सकिनुअघि नै आफ्नो पार्टीलाई परीक्षण गर्न चाहनुभएको छ । उहाँले एएफपीसँग भन्नुभयो– ‘पार्टीको नेतृत्वमा ‘अनुहार’ परिवर्तन हुनेबित्तिकै मध्यावधि चुनाव घोषणा गर्न चाहनु बुद्धिमानी हो । अझै पनि एलडिपीप्रतिको समर्थन कायमै छ।
उचियामाले इशिबा पनि विपक्षी शक्तिलाई समात्न चाहनुहुन्छ किनकि एलडीपीका प्रतिद्वन्द्धीहरु चुनावमा एकअर्कासँग कसरी समन्वय गर्ने भन्नेबारे अनिश्चित छन्। तर यति चाँडो मध्यावधि निर्वाचन गर्ने प्रधानमन्त्रीको निर्णयले संसद्मा प्रतिपक्षलाई प्राथमिकता दिने उहाँको अघिल्लो प्रतिबद्धताविपरीत काम गरेको भन्दै आलोचना पनि भएको छ ।‘केही मतदाताले यसलाई राजनीतिक लाभका लागि संसद् विघटन गर्न ‘आफ्नो पार्टीभित्रको दबाबका सामु झुक्नु’ निराशाजनक सङ्केतका रूपमा हेरेका छन्’ उचियामाले भन्नुभयो ।
सप्ताहन्तमा इशिबाले एलडिपीले चुनावमा राजनीतिक चन्दा काण्डमा मुछिएका पार्टीका केही अपमानित सदस्यहरूलाई समर्थन नगर्ने घोषणा गर्नुभएको थियो । यो घोषणाले उहाँ ‘कडा’ हुन सक्नुहुन्छ र ‘सम्भवतः उहाँप्रति जनताको विश्वास केही हदसम्म पुनः प्राप्त गर्न सक्छन्’ भन्ने कुरा जनतासामु प्रदर्शन गर्ने उनको चाहनालाई प्रतिबिम्बित गरेको उचियामाले बताउनुभयो ।
इशिबाले एशियामा सुरक्षा वातावरण ‘दोस्रो विश्वयुद्धको अन्त्यपछिको सबैभन्दा गम्भीर’ रहेको बताउँदै शुक्रबार आफ्नो पहिलो नीति भाषणमा ‘भोलिको पूर्वी एसिया आजको युक्रेन हुन सक्ने’ चेतावनी दिनुभएको छ ।
जापानले पनि जनसाङ्ख्यिकीय सङ्कटको सामना गरिरहेको छ किनकि जापानको वृद्ध उमेर समूहको जनसङ्ख्या र जन्म दर निकै चिन्ताजनक छ । इशिबाले यसलाई आफ्नो नीति तथा कार्यक्रममा ‘विल्कुल सङ्कटोन्मुख’ को संज्ञा दिनुभएको थियो। उहाँले आफ्नो सरकारले काम गर्ने समयलाई लचिलो पार्दे परिवारिक वातावरणका उपायहरूलाई बढावा दिने बताउनुभएको छ ।
इशिबा प्रशासनले ‘जापानको अर्थव्यवस्था लाई अपस्फीतिबाट बाहिर निकाल्ने सुनिश्चित गर्ने’ प्रतिज्ञा गरेको छ भने नयाँ प्रोत्साहन प्याकेजको साथसाथै स्थानीय सरकार र कम आय भएका परिवारहरूको लागि सहयोग गरी आय बढाउन चाहन्छ।
यसैबीच, जापानको प्रमुख विपक्षी दल ‘कन्स्टिच्युसनल डेमोक्र्याटिक पार्टीले समलिङ्गी विवाहलाई वैधानिकता दिने प्रतिबद्धतासहित विविध विषयमा एलडिपीभन्दा आफूलाई अलग राख्न चाहेको छ । यसले विवाहित दम्पतीलाई छुट्टै उपनाम राख्न अनुमति दिने प्रतिज्ञा पनि गरेको छ। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन