
काभ्रे । नवरात्रका अवसरमा पाँचखालस्थित पलाञ्चोक भवगतीको मन्दिरमा आज बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । देवीलाई हाँस, बोका, राँगा अर्पण गर्नेहरू पनि लामबद्ध भएका छन् ।
विसं ४२५ मा राजा मानदेव प्रथमको शासनकालमा स्थापित भगवती मन्दिरमा पलाञ्चोक भगवतीको मन्दिर एक हजार छ सय ५६ वर्ष पहिले निर्माण भएको मानिन्छ । बुच्चाकोटमा रहेको पलाञ्चोक भगवतीले एक स्थानीय एक वृद्धलाई सपनामा आफ्नो मूर्ति उक्त स्थानबाट उत्तरतर्फ सार्न आग्रह गरेको जनश्रुति छ ।
त्यसअनुसार भगवतीको मूर्तिलाई उत्तरतर्फ लैजाने क्रममा हाल मन्दिर रहेको स्थानमा पुग्दा रात परेपछि त्यहीँ बास बसेको र अर्को दिन बिहान उठाएर लैजाने प्रयास गर्दा उठाउन नसकेपछि स्थानीय ६० घरका मानिसले पनि उठाउन नसकेपछि सोही स्थानमा देवीको उक्त मूर्ति राखेर पूजा हुन थालेको हो ।
पलाञ्चोक भगवतीथानमा १९९० सालको भूकम्पमा खासै क्षति नभएको स्थनीय ज्येष्ठ नागरिकहरू बताउनुहुनछ । देवीको मूर्तिको शिर थोरै पश्चिमतिर ढल्किएको छ ।
विसं २०७२ को भूकम्पले पनि मन्दिरमा सामान्य क्षति भएको थियो । पलाञ्चोक भगवतीको दर्शन गर्नाले मनोकामना पूरा हुने विश्वासमा देशका विभिन्न स्थानका साथै भारतबाट पनि भक्तजन आउने गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति