
खाँदबारी । पूर्वी पहाडी जिल्ला सङ्खुवासभामा दशेँका लागि करिब ७५ लाखको खसीबोका बिक्री भएका छन् ।
भेटरिनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रका अनुसार १० स्थानीय तहमा लाग्ने साप्ताहिक हाटबजारमा ७५ लाख रुपैयाँ बराबरको खसीबोका बिक्री भएको हो । खसीबोकाको माग बढ्दा धमाधम बिक्री हुन थालेपछि खसीबोका पाल्ने किसानलाई जीविकोपार्जन मात्र नभइ दशैँ तिहार जस्ता चाडपर्व मनाउन सहज भएको छ ।
साप्ताहिक हाटबजारमा पुर्याएपछि खसीबोका बेच्न समस्या नभएको किसानले बताएका छन् । स्थानीय हाटबजारमा जिउँदो खसीबोका तौल गरेर बिक्री गर्ने, मूल्य निर्धारण मात्र होइन, बजारीकरणसमेत हुदै आएको विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलले बताउनुभयो ।
सबैभन्दा बढी खसीबोका सदरमुकाम खाँदबारीमा लाग्ने साप्ताहिक हाटमा बिक्री भएको थियो । किसानले उत्पादन गरेका खसीबोका सोझै उपभोक्तासम्म पुग्ने र पछिल्लो समय राम्रोसँग बजार पाउने भएपछि जिल्लाका किसानसमेत उत्साहित भएका छन् ।
अहिले खसीको मासु प्रतिकिलो ८ सय रुपैयाँदेखि एक हजारसम्म बिक्री भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति