
काठमाडौँ । नेपाल–भारत मानव विकास एवं मैत्री सङ्घले अविरल वर्षाबाट प्रभावित काभ्रेको नमोबुद्ध नगरपालिकाका पीडित परिवारलाई राहत सामग्री सहयोग गरेको छ ।
सङ्घले आज खाद्यान्न, टेन्ट, साबुन, जीवनजल लगायत सामग्री नमोबुद्ध नगरपालिकाका प्रमुखलाई हस्तान्तरण गरेको जनाएको छ । सामग्री हस्तान्तरणमा संस्थाका अध्यक्ष एवं पदाधिकारी र काठमाडौँ महानगरपालिकाका पूर्वप्रमुखको उपस्थिति रहेको थियो ।
देशमा आइपरेको विपत् एवं अन्य बेलामा संस्थाले विभिन्न क्षेत्रमा सहयोग पुर्याउँदै आएको सङ्घका अध्यक्ष सूर्यप्रसाद भुसालले बताउनुभयो ।
भविष्यमा पनि सहयोग गर्ने प्रतिबद्धता गर्दै उहाँले विपदमा परी मृत्यु भएकाहरुप्रति श्रद्धाञ्जलि अपर्ण गर्नुभयो । उहाँले घाइतेहरुको शीघ्र स्वास्थयलाभको कामना गर्नुभएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति