
सुनसरी । बराहक्षेत्र नगरपालिकामा बाढी तथा डुबानबाट प्रभावित परिवारलाई नगद सहयोग हस्तान्तरण गरिएको छ ।
विश्व खाद्य कार्यक्रम र सेवक नेपालले बराहक्षेत्र नगरपालिकाभित्रका कोशी बाढीबाट प्रभावितलाई सोमबारदेखि नगद सहयोग हस्तान्तरण शुरु गरेको हो । बाढीपीडितलाई प्रति परिवार १५ हजार रुपैयाँको दरले नगद हस्तान्तरण गरिएको बराहक्षेत्र नगरपालिकाका नगर प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।
उहाँका अनुसार, बराहक्षेत्र नगरपालिकाका वडाकार्यालयको सिफारिसका आधारमा एक हजार एक सय ४५ घरधुरीलाई विश्व खाद्य कार्यक्रम र सेवक नेपालमार्फत नगद सहयोग हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख कार्कीले भन्नुभयो– ‘केही दिन अगाडिको भारी वर्षासँगै बाढीमा परेका परिवारलाई यो सहयोगले केही हदसम्म राहत मिल्ने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति