
काठमाडौँ । दसैं र तिहारका लागि वालेटमा रकम जम्मा गर्न पाउने सीमा बढेको छ । भुक्तानी प्रदायकहरुले सञ्चालन गरेका वालेटमा रकम जम्मा गर्ने सीमा अस्थायी रुपमा वृद्धि गरिएको जानकारी राष्ट्र बैंकले जनाएको छ ।
यसअघि व्यक्तिको कुनै पनि डिजिटल वालेटमा एक दिनमा बढीमा १० पटकसम्म रकम जम्मा गर्न सकिने व्यवस्था थियो ।
दसैंको अवसरमा उक्त सीमा परिमार्जन गरेर एक दिनमा बढीमा ३० पटकसम्म रकम जम्मा गर्न पाइने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । यो व्यवस्था यही असोज २१ देखि कात्तिक १ गतेसम्म र कात्तिक १५ देखि २२ सम्म लागु हुने राष्ट्र बैंकले जनाएको छ ।
उपरोक्त समयमा भएको कारोबारको संख्या र कारोबारको कुल रकम नियमित रुपमा आफूलाई जानकारी दिन राष्ट्र बैंकले भुक्तानी प्रदायकहरुलाई निर्देशन दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति