
काठमाडौँ । झिल्टुङ नेपाल समाजले ‘नेपाल’ बन्धु स्थानीय समाजसेवी र जनप्रतिनिधिलाई सम्मान गरेको छ ।
नुवाकोटको बेलकोटगढीमा समाजको साधारणसभाका अवसरमा समाजसेवी मोहन नेपाल तथा बेलकोटगढी – ७ का वडाध्यक्ष भुवनेश्वर नेपाल, विदुर – ७ का वडाध्यक्ष रवीन्द्र नेपाल र विदुर – १० का वडाध्यक्ष गणेश नेपाल एवं बेलकोटगढी–५ का वडा सदस्य गोकर्ण नेपाल र विदुर–१२ का वडा सदस्य निर्मला रिमाल नेपाललाई सोमबार सम्मान गरिएको हो ।
त्यस अवसरमा वरिष्ठ पत्रकार किशोर नेपालले स्थानीय तहलाई बलियो नबनाएसम्म सङ्घीय गणतन्त्र सुदृढ नहुने जनाउँदै केन्द्रले पालिकाहरूलाई आफ्नो कब्जामा लिने रणनीति संविधानमै राखेको भनी असन्तुष्टि जनाउनुभयो । उहाँले भन्नुभयो– ‘संसारमा कहीँ पनि केन्द्रका आदेशमा स्थानीय तहले काम गर्दैन र केन्द्रले पालिकालाई नियन्त्रण गर्न पनि सक्दैन । स्थानीय तहलाई बलियो बनाउन जनप्रतिनिधिहरूले एक भएर आवाज उठाउन सक्नुपर्छ ।’ बेलकोटगढी नगरपालिकाका प्रमुख जगतबहादुर गुरुङले पालिकाका हरेक वडामा विकासका काम गर्न बजेटमा पूर्ण अधिकार नहुँदा समस्या भएको औँल्याउनुभयो ।
नुवाकोटको झिल्टुङमा जन्मेर सोही स्थानमा हुर्किएका तर कालान्तरमा छरिएर रहेका नेपाल बन्धुहरूलाई एकीकृत गरी समुदायका सबै वर्ग र क्षेत्रको विकासमा एकजुट हुने उद्देश्यले पाँच वर्षअघि समाज गठन गरिएको समाजका अध्यक्ष नारायणप्रसाद नेपालले बताउनुभयो ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित ‘कुञ्जिनी’ खण्डकाव्य र ‘लक्ष्मी निबन्धसङ्ग्रह’ मा सङ्गृहीत ‘पहाडी जीवन’ निबन्धको भावभूमि झिल्टुङ नै थियो जहाँ उहाँले आफ्नो मामाससुरालमा केही समय बिताउनुभएको थियो । हाल सोही स्थानमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सहयोगमा र स्थानीय उपभोक्ता समितिका पहलमा ‘कुञ्जिनी उद्यान’ निर्माणाधीन छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति