
बझाङ । बझाङको जयपृथ्वी राजमार्गमा सुक्खा पहिरो जाँदा सडक अवरूद्ध भएको छ । आइतबार बिहानैदेखि गाएको पहिरो हटाउन दुई वटा जेसिबी लगाए पनि सडक सञ्चालन हुन सकेको छैन ।
जयपृथ्वी राजमार्गअन्तर्गत छबिसपाथिभेरा गाउँपालिका–१ बालुवाटार नजिक खसेको सुक्खा पहिरो हटाएर अझै यातायात सञ्चालन गर्न नसकिएको स्थानीय रमेश गिरीले बताउनुभयो । उहाँका अनुसार पहिरो पन्छाउन दुई वटा जेसिबी प्रयोग गरिए पनि माथिबाट निरन्तर पहिरो खसेका कारण सडक सञ्चालन हुन नसकेको हो ।
सडकमा पहिरो गएपछि यात्रुहरू तलबाट हिँडेर गन्तव्यतिर गइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रमुख विनोद विष्टले जानकारी दिनुभयो । उहाँले जेसिबीले सफा गर्न सुरु गर्ने वित्तिकै माथिबाट पहिरो आउने र सडक पुर्ने गरेको बताउनुभयो । उहाँका अनुसार पहिरो रोकिने वित्तिकै पहिरो पन्छाइ सडक सञ्चालन हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति