
सुनसरी । वर्षाका कारण सुनसरीको कृषि क्षेत्रमा मात्रै रु १७ करोड ११ लाख ८० हजार मूल्य बराबरकोे क्षति भएको छ ।
जिल्लाका विभिन्न ठाउँमा लगाइएको अन्नबाली, केरा खेती, तरकारी, उखुलगायत नगदेबाली नष्ट हुँदा उक्त मूल्य बराबरको क्षति भएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकारी प्रवीनलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
श्रेष्ठका अनुसार ४८ हजार नौ हेक्टरमा लगाइएको धानबालीमध्ये नौ सय ३५ हेक्टरको धान नष्ट हुँदा रु आठ करोड ३८ लाख मूल्य बराबरको क्षति भएको छ । त्यसैगरी पाँच सय १० हेक्टरमा लगाइएको केरा खेती जसमा ३८ दशमलव २५ हेक्टर नष्ट हुँदा रु ३७ लाख मूल्य बराबरको क्षति भएको छ ।
सागसब्जी तरकारी आठ हजार एक सय ५३ हेक्टरमा लगाइएकामा तीन सय ५४ हेक्टर नष्ट हुँदा रु चार करोड ५२ लाख बराबरको क्षति भएको छ । उखु पाँच हजार आठ सय ७७ हेक्टरमा लगाइएकामा एक सय २४ हेक्टरमा नष्ट हुँदा रु दुई करोड ८० लाख बराबरकोको क्षति भएको जनाइएको छ । जुट एक हजार तीन सय आठ हेक्टरमा लगाइएकामा ९७ हेक्टरमा नष्ट हुँदा रु १० लाख ४८ हजार बराबरको क्षति भएको अधिकृत श्रेष्ठले जानकारी दिनुभयो ।
सुनसरीमा सबैभन्दा बढी देवानगञ्ज, कोशी, भोक्राह नसिङ्ग गाउँपालिका र इनरुवा नगरपालिकामा क्षति भएको छ । सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, “क्षति विवरण सङ्कलन गरिरहेका छौँ । सबै पालिकामा पत्र पठाइसकेका छौँ । आउने क्रम जारी छ ।”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति