+

महिलाका मुद्दामा साझा अभियान चलाइने

काठमाडौँ  । महिलाका मुद्दालाई साझा  सवालका रूपमा उठान गर्ने उद्देश्यले नेपाल महिला सङ्घ, अखिल नेपाल महिला सङ्घ र अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को संयुक्त कार्य योजना तयार भएको छ । 

काठमाडौँमा  आज आयोजित छलफलमा तीन वटै संस्थाले महिलाका साझा मुद्दामा अभियान शुरु गर्ने जानकारी दिएका छन् । यसै अभियानका क्रममा कात्तिक ९ गते पूर्व सांसदबीच उपत्यका भेला गरिने भएको छ । 

विसं २०६४ सालदेखि अहिलेसम्म निर्वाचित सांसदको उपत्यका भेला गर्ने कार्यतालिका रहेको नेकपा ९एमाले० निकट अखिल नेपाल महिला सङ्घका अध्यक्ष टुकाभद्र हमालले जानकारी दिनुभयो । उहाँले महिलाको सवाल समाजदेखि सदनसम्म बलियो बनाउने अभियानमा राजनीतिक दलका महिला भातृ सङ्गठन एक भएर अभियाननै चलाउन सुरु गरिएको बताउनुभयो । 

माओवादी केन्द्र निकट अखिल नेपाल महिला सङ्घ (क्रान्तिकार) का अध्यक्ष अमृता थापाले राजनीतिक आस्था र सक्रियता जहाँ भए पनि महिलाका मुद्दा स्थापित गर्न नारी आन्दोलनमा एकरूपता अनिवार्य रहेको सुनाउनुभयो । 

नेपाली कांग्रेस निकट नेपाल महिला सङ्घका अध्यक्ष उषा राउतले महिलाका मुद्दामा पार्टीभन्दा माथि उठेर अभियान चलाउनु जरुरी रहेको बताउनुभयो । छलफलमा सहभागी संविधानसभा सदस्य डा विन्दा पाण्डेले कात्तिक ९ गते हुने भेला माथि प्रकाश पार्नुभयो । 

विसं २०६४ साल यता निर्वाचित भएका उपत्यकामा उपलब्ध हुने सांसदको भेला गरेर महिलासँग सम्बन्धीत राजनीतिक, आर्थिक, सामाजिक विषयमा अन्तक्रिया गर्ने बताउनुभयो । उहाँका अनुसार नेपालको महिला आन्दोलनको साझा मुद्दा, निर्वाचनसम्बन्धी एकीकृत कानुन माथि छलफल, निर्वाचनमा महिलाको अवस्था, मिसन २०८४ मा ५० प्रतिशत महिला उम्मेदवारको राजनीतिक उपस्थीति हुनुपर्ने विषयमा सांसदको भूमिका कस्तो हुने भन्ने लगायत मुद्दामाथि छलफल हुनेछ । 

संविधानसभा सदस्य सुनिलबाबु पन्तले महिला आन्दोलनले समाजमा विद्यमान लैङ्गिक असमानता हटाउन सक्ने सम्भावनाबारे बिचार राख्नुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट