
काठमाडौँ । एशियाली विकास बैङ्क (एडीबी) ले भारतको महाराष्ट्रमा तटीय र नदी किनारहरूको संरक्षण ४२ लाख अमेरिकी डलर ऋण स्वीकृत गरेको छ ।
परियोजनाले स्थानीय समुदाय र प्राकृतिक पर्यावरण संरक्षणका लागि पनि महत्वपूर्ण काम गर्नेछ । एडीबीले महाराष्ट्र दिगो जलवायु–प्रतिरोधी तट संरक्षण र व्यवस्थापन परियोजनाले तटीय क्षयीकरण र नदी किनार संरक्षण समाधानहरू गर्ने बताएको छ ।
तटीय चट्टान,समुद्र तट संरक्षण र वृक्ष रोपणको पुनःस्थापना र समुन्द्री तटलाई स्थिर बनाउन आवश्यक कार्य यो परियोजनाको जिम्मेवारी हो । बैङ्कले तटीय पूर्वाधार व्यवस्थापन एकाइ स्थापना गरेर तट व्यवस्थापन योजनामा महाराष्ट्र समुद्री बोर्डको क्षमता निर्माण गर्न सहयोग गर्ने प्रतिवद्धता गरेको छ ।
यस परियोजनामार्फत् लैङ्गिक समानता र सामाजिक समावेशीकरण, तटीय व्यवस्थापन र जीविकोपार्जनका गतिविधिमा क्षमता निर्माणलाई सहयोग गर्ने जनाइएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति