
काठमाडौँ । राष्ट्रिय सूचना आयोगले सबै स्थानीय तहहरूलाई अनिवार्य रूपमा सूचना अधिकारी तोक्न निर्देशन दिएको छ । स्थानीय तहबाट जारी हुनुपर्ने सूचना प्रकाशनको अवस्था न्यून रहेको पाइएको उल्लेख गर्दै राष्ट्रिय सूचना आयोगले अनिवार्य रूपमा सूचना अधिकारी तोक्न निर्देशन दिएको हो ।
आयोगले सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत पठाएको निर्देशनमा सार्वजनिक निकायमा भएका सूचनामा सहज पहुँच पुर्याउनका लागि अधिकारी तोक्न निर्देशन दिएको हो ।
नागरिकलाई संविधानले दिएको सूचनाको हक कार्यान्वयनका लागि प्रत्येक स्थानीय तहले सूचनाको हकसम्बन्धी बजेट तथा कार्यक्रम अनिवार्य रुपमा प्रत्येक वर्ष राख्न पनि आयोगले निर्देशन दिएको हो । त्यसरी तोकिने सूचना अधिकारीलाई सार्वजनिक निकायमा प्राप्त हुने वैदेशिक भ्रमण, तालिम, पुरस्कार जस्ता विषयमा प्राथमिकतामा राख्न पनि आयोगले स्थानीय तहहरूलाई निर्देशन दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति