
काभ्रे। बाढीपहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्नको समस्या देखिएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ मगर गाउँमा ड्रोनमार्फत राहत पठाइएको छ ।
भौगोलिक विकटताका कारण खाद्यान्नलगायतको सामग्री लैजान नसक्ने अवस्था भएपछि हामी नेपाल एयरलिफ्ट टेक्नोलोजीको सहकार्य तथा सामाजिक अभियन्ता परीक्षण हुमागाईँको पहलमा ड्रोनमार्फत राहत सामग्री पठाइएको हो ।
सामाजिक अभियन्ता हुमागाईँले बाढीपहिरोका कारण सडक ध्वस्त भई आवतजावत गर्न समस्या देखिएको र बाढीपछि खाद्यान्न, बिजुलीको समस्या देखिएपछि पनौती नगरपालिका–१२ मगरगाउँमा ड्रोनमार्फत राहत सामग्री पठाइएको बताउनुभयो ।
“हामी हिजो (शनिवार) त्यो स्थानमा पुग्दा उक्त गाउँमा रहेका ८५ घरपरिवारमा खाद्यान्न, बिजुली, पोषणको समस्या देख्यौँ, हिँडेर राहत लिएर जाने अवस्था नदेखेपछि ड्रोनको माध्यमबाट राहत पठाउने निधो गरेर काम अघि बढाएका हौँ” हुमागाईँले भन्नुभयो ।
उहाँले उक्त मगर गाउँमा रहेका ८५ घरधुरीका लागि चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइएको बताउनुभयो । उहाँले दसैँअघि बाढीले ध्वस्त भएको सडक खुल्ने अवस्था नरहेको बताउनुभयो । मगर गाउँमा राहत सामग्री पठाउनका लागि पनौती नगरपालिका –१२ भुमिडाँडाबाट ड्रोन उडाइएको हुमागाईँले बताउनुभयो ।
ड्रोनले एक पटकमा ६५ किलोग्राम राहत सामग्री ढुवानी गर्न सक्ने भए पनि हावाको बहावका कारण एक पटकमा २० किलोग्रामको दरले राहत सामग्री पठाइएको बताउनुभयो । आइतबार सबै कानुनी प्रक्रिया पूरा गर्ने क्रममा राहत सामग्री पठाउन ढिलो भएको बताउँदै सोमबार बिहानैबाट ड्रोनमार्फत राहत सामग्री पठाइसक्ने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन