
काठमाडौँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु भारत पुग्नु भएको छ । प्रथम महिला साजिदा मोहम्मदसँग भारतको राजकीय भ्रमणका लागि आइतबार त्यहाँँ पुग्नु भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यो मुइज्जुको भारतको पहिलो द्विपक्षीय भ्रमण हो । ‘राष्ट्रपति डा। एम। मुइज्जु र प्रथम महिला साजिदा मोहम्मद गणतन्त्र भारतको राजकीय भ्रमणका लागि प्रस्थान गर्नुभयो’ माल्दिभ्सको राष्ट्रपति कार्यालयले सामाजिक सञ्जाल एक्समा भनेको छ– ‘भारतका राष्ट्रपति द्रौपदी मुर्मूको निमन्त्रणामा यो भ्रमण भएको हो र यो राष्ट्रपति मुइज्जुको भारतको पहिलो द्विपक्षीय भ्रमण हो ।’
हालै न्यूयोर्कमा भएको ७९औँ संयुक्त राष्ट्रसङ्घीय महासभाको साइडलाइनमा मुइज्जुले जतिसक्दो चाँडो भारत भ्रमण गर्ने योजना बनाइरहेको बताउनुभएको थियो । उहाँले दुई मुलुकबीच ‘धेरै बलियो’ द्विपक्षीय सम्बन्धको समेत प्रशंसा गर्नुभयो ।
मुइज्जुले यस वर्ष भारत भ्रमण गर्नुभएको यो दोस्रो पटक हुनेछ । यसअघि गत जुनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सपथ ग्रहण समारोहमा उहाँले भारत भ्रमण गर्नुभएको थियो ।
यसअघि माल्दिभ्सका प्राय हरेक राष्ट्रपतिले आफ्नो पहिलो विदेश भ्रमण भारतमा गर्ने गरेका थिए तर मुइज्जुले पदभार ग्रहण गरेपछि पहिले टर्की र त्यसपछि चीनको भ्रमण गरेर यो परम्परालाई तोड्नुभयो । माल्दिभ्समा मोहमम्मद मुइज्जु सरकारले भारतसँगको सम्बन्ध बिग्रिएर कूटनीतिक विवाद उत्पन्न भएपछि मेलमिलापको दृष्टिकोण अपनाएको छ ।
सत्तामा आएपछि मुइज्जुले भारत–माल्दिभ्स सम्बन्धको दृष्टिकोणबाट केही अपरम्परागत कदम चाल्नुभएको छ । राष्ट्रपति निर्वाचनका क्रममा उहाँले आफ्नो अभियान ‘इन्डिया आउट’ का रूपमा चलाउनुभयो ।
माल्दिभ्सबाट भारतीय सैनिक हटाउने उहाँको पार्टीको प्रमुख निर्वाचन अभियान थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति