
काठमाडौँ । ‘रोजी रोजी र छानी छानी, आउनुहोस् आधा छुटमा सामान लैजानुहोस्’ न्यूरोडका फेन्सी व्यापारी आरब रेग्मीले ग्राहकलाई यसैगरी लोभ्याइरहनुभएको छ । तर ग्राहकको सङ्ख्या भने पातलो छ ।
दशैँ र तिहार जस्ता चाडपर्वमा राम्रो व्यापार गर्ने व्यापारीको लक्ष्य हुन्छ । तर यसपटक भने राम्रो व्यापार नभएको उहाँको अनुभव छ । उहाँ भन्नुहुन्छ– ‘दुई÷चार रुपैयाँ कमै नाफा खाएर सामान कटाउने योजना हो तर यसपाली व्यापार कम छ ।’
्पर्वको मुखैमा प्राकृतिक विपत्को असर बजारमा देखिएको उहाँको भनाइ छ । यद्यपि फुलपाती शुरु भएपछि व्यापार बढ्छ की भन्ने उहाँको झिनो आशा छ ।
दशैँमा किनमेलका लागि न्युरोडमा भेटिनुभएकी नुवाकोटकी सुनिता छिनाललाई आफ्नो भन्दा छोराछोरीको खुशी महत्वपूर्ण लाग्छ । चिसो मौसम शुरु भएकाले दशेँमा छुटको मौका छोपेर बालबच्चाका लागि लुगाफाटा किन्ने गर्नुहुन्छ । ‘आफ्नो भन्दा छोराछोरीलाई दशेँमा खुशी पार्न पाए हुन्थ्यो भन्ने लाग्छ’ उहाँले भन्नुभयो ।
ठमेलमा किनमेल गर्न पुग्नुभएका गोपाल बुढाथोकीले यस पाली मुल घर सर्लाही नजाने बताउनुभयो । बाढीपहिरोका कारण बाटो राम्रो नभएकाले आफू घर नजाने उहाँले बताउनुभयो ।
‘काठमाडौँमा जे जति परिवारका सदस्य छन्, सबै मिलेर यतै दसैँ मनाउने सोचमा छौँ’ उहाँले भन्नुभयो– ‘किनमेल पनि भर्खरै शुरु हुँदैछ ।’ उहाँले जाडोको लुगा भने दशैंको पर्व छोपेर खरिद गर्ने गरेको बताउनुभयो । पर्वमा भारी छुट पाउने हुँदा उहाँलाई आवश्यक सामग्री किन मनपर्ने सुनाउनुभयो ।
काभ्रेपलाञ्चोककी रोशनी तामाङले यो दशैँमा किनमेलमा खासै जोड नदिएको बताउनुभयो । ठमेल कालापत्थरमा जाडोमा लगाउने ज्याकेट खरिद गर्न आउनुभएकी उहाँले सामान्य खर्चमा दसैँ टार्ने योजना रहेको सुनाउनुभयो । गाँउ बाढीका कारण तहसनहस भएपछि उहाँलाई यसपालीको दसैँ मनाउने जाँगर चलेको छैन । दशैँ पनि काठमाडौँमै मनाउने योजना रहेको सुनाउनुभयो । ‘आफन्ती सबै दुःखमा छन्, दशैँ मनाउनु कसरी ?’ उहाँले भन्नुभयो ।
भृकुटीमण्डका व्यापारी जीवन राईले विगतको तुलनामा व्यापार आधा घटेको बताउनुभयो । कोभिडको बेलामा जुन खाले आर्थिक मर्का परेको थियो त्यस्तै, असर बजारमा फेरि देखा परेको उहाँको अनुभव छ । ‘मान्छेहरुको चहलपहल त छ, तर व्यापार सोचे जस्तो छैन’ उहाँले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति