
गोरखा । त्रिशूली नदीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि गोरखाको सहिदलखन गाउँपालिका–४ ठेउवाटार र आसपासका क्षेत्रका बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।
असोज १२ गते नदीमा आएको बाढीले ठेउवाटार र चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटार जोड्ने झोलुङे पुल बगाएपछि अहिले यस क्षेत्रका बासिन्दालाई दैनिक आवतजावतमा समस्या भएको हो ।
‘ठेउवाटारबाट अलि नजिकै रहेको अर्को झोलुङे पुलमा पनि बाढीले दुवैतर्फको लठ्ठा चुँडाएर क्षति पुर्याएको छ’ सहिदलखन–४ का वडाध्यक्ष यामबहादुर थापाले भन्नुभयो– ‘क्षतिग्रस्त पुलबाट हिँडडुल गर्दा ज्यान जोखिममा राख्नुपर्ने बाध्यता यहाँका स्थानीयवासीको छ ।’ उहाँले क्षतिग्रस्त पुल तत्काल मर्मत नगरी नहुने अवस्थामा रहेको बताउनुभयो ।
‘ठेउवाटार, करङबगर, माथिल्लो ठेउवाटार, तेर्से, बाहुनथोकलगायत क्षेत्रका स्थानीयलाई त्रिशूली नदी तरेर कुरिनटारसम्म पुग्नका लागि सहजै अर्को विकल्प छैन’ वडाध्यक्ष थापाले भन्नुभयो– ‘दिनहुँ आवतजावत गर्नुपर्ने ठाउँमा घण्टौँ लगाएर अर्कोबाटो जानुभन्दा नजिकैको अर्को क्षतिग्रस्त पुलबाट जोखिम मोलेर अहिले स्थानीय आवजावत गरिरहेका छन् ।’
झोलुङ्गे पुल बगाउँदा त्यहाँका करिब दुई सय ५० भन्दाबढी घरपरिवार समस्यामा परेको छन् । ‘हावाहुरी आइहाल्यो भने त लठ्ठा चुँडिएको पुल फर्किन पनि सक्छ’ उहाँले भन्नुभयो– ‘विद्यार्थीलाई विद्यालय तथा कलेजमा आवतजावत गर्न र किसानलाई आफूले उत्पादन गरेको दूध र तरकारी बजारसम्म पुर्याउन कठिनाइ हुँदै आएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति