
हेटौँडा । गत साता आएको बाढीपहिरोपछि क्षतविक्षत भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग हेटौँडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडक आइतबारबाट सञ्चालन हुनेभएको छ ।
हेटौँडा-भीमफेदी-कुलेखानी-फाखेल-फर्पिङ सडकको कुलेखानी ड्याम र महालक्ष्मी खोला नजिकै बाढी पहिरोले क्षति बनाएपछि गत शनिबारदेखि अवरुद्ध रहेको थियो ।
एक साता लामो प्रयासपछि दुवै स्थानमा ट्रयाक खोल्ने काम भएको र सवारी साधन सञ्चालनका लागि अन्तिम चरणमा पु¥याइएको बागमती प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुस्करप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
कुलेखानी ड्याम नजिक रहेको पुलको पहुँच मार्ग बगाएपछि डाइभर्सन बनाएर र महालक्ष्मी खोला नजिक तलबाट उठाएर सडक बनाएको उहाँको भनाइ छ । ‘‘अहिले पनि सवारी साधन चलाउन सकिन्छ तर जोखिम हुने भएकोले आइतबार साँझबाट मात्र चलाउने तयारीमा छौँ’’, उहाँले भन्नुभयो ।
हेटौँडाबाट कुलेखानी ड्यामसम्म सवारी र फाखेलबाट फर्पिङतर्फ सडक सुचारु रहेको छ । उहाँका अनुसार सिस्नेरी–दक्षिणकाली–फर्पिङ सडकसमेत सोमबारबाट सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ ।
मकवानपुर हुँदै काठमाडौँ जोड्ने छोटो दुरीको सडक अवरुद्ध भएसँगै बागमती प्रदेश सरकारले सडक सुचारु गर्न उच्च प्राथमिकतामा राखेर कामगर्दै आएको थियो ।
दसैँ सुरु भइसकेकोले सडक सञ्चालन गर्नैपर्ने बाध्यतामा कारण पनि आइतबारबाट यातायात सुचारु गर्न लागेको निर्देशक पोखरेलले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति