
इलाम । मेची राजमार्गको इलाम नगरपालिका–९ स्थित माईखोला छेउमा पहिरो जाँदा यातायात सेवा अवरुद्ध भएको छ ।
आज दिउँसो ४ बजे सडक मुनीबाट पहिरो जाँदा यातायात सेवा पूर्णरुपमा अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक (डिएसपी) प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । सडक मर्मतका क्रममा पहिरो गएको उहाँको भनाइ छ ।
राजमार्गअवरुद्ध भएपछि झापा, मोरङ र सुनसरीदेखि इलाम, पाँचथर, ताप्लेजुङ आवतजावत गर्ने सयौँ सङ्ख्यामा सवारी र यात्रु बोटोमै रोकिएका छन् । झापाबाट आएका सवारी साधनहरु माईखोलापारी र इलामबाट गएका सवारी साधनहरु पहिरोभन्दा माथिपट्टीको सडकमा लामबद्ध छन् ।
“यात्रुलाई केही दूरी पैदल हिँडाएर सवारीमार्फत गन्तव्यमा पु¥याउने काम भइरहेको छ”, प्रहरी प्रमुख ढकालले भन्नुभयो, “यसका लागि रातभर नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।”
पहिरोका कारण तत्काल सो क्षेत्रमा यातायात सञ्चालन हुने सम्भावना नभएपछि वैकल्पिकमार्ग प्रयोगको तयारी पनि भइरहेको उहाँको भनाइ छ । शनिबार बिहानदेखि इलाम नगरपालिका–१० गोदकस्थित सिमलगोलाइबाट जोगमाई खोला हुँदै इलाम नगरपालिका–८ तिल्केनी जोड्ने सडकलाई मेची राजमार्गको वैकल्पिक बाटोको रुपमा उपयोग गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
सडक डिभिजन कार्यालय इलामका इन्जिनियर मनिषा कट्टेलले मेची राजमार्ग तत्काल सञ्चालन गर्न नसकिने भएकाले वैकल्पिक बाटोको खोजी भइरहेको बताउनुभयो ।
इलाम नगरपालिका प्रमुख केदार थापाले सडक डिभिजन कार्यालयसँग आवश्यक समन्वय गरी तत्काल वैकल्पिक बाटोको पहिचान गरी सञ्चालन गर्न आग्रह गरिएको बताउनुभयो ।
पानी परिरहेकाले सो क्षेत्रमा जोखिम बढेको इलामका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले बताउनुभयो । सो स्थानमा गत साता समेत पहिरो जाँदा एक दिन राजमार्ग अवरुद्ध भएको थियो । मर्मतपछि सञ्चालनमा आएको एक साता नबित्दै पुनः पहिरो झरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति