
काठमाडौँ । रूसका विदेश मन्त्री सर्गेइ लाभारोभले पश्चिमा देशलाई तालिबान नेतृत्वको अफगानिस्तानमाथि लगाइएको प्रतिबन्ध हटाई देशमा पुनर्निर्माण प्रयासको ‘जिम्मेवारी’ लिन आह्वान गर्नुभएको छ ।
तालिबान सरकार दुई दशकभन्दा बढी समयदेखि पश्चिमी प्रतिबन्धको अधीनमा रहेको छ । तालिबान तथा मध्यपूर्व र मध्य एसियाका छिमेकी देशहरूका दूतहरू संलग्न रहेको अफगानिस्तानमा रुसको नेतृत्वमा भएको वार्षिक कूटनीतिक मञ्चको शुक्रबार आयोजित उद्घाटन समारोहमा लाभारोभले यस्तो बताउनुभएको हो ।
सन् २०२१ मा सत्तामा फर्किएसँगै युद्धग्रस्त अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएपछि मस्कोले तालिबानसँगको सम्बन्धलाई बढावा दिएको छ ।
सोभियत सङ्घले सन् १९८० को दशकमा एक दशक लामो युद्ध लड्ने क्रममा मुजाहिद्दीन प्रतिरोध लडाकूहरूको उदय भएको थियो । तीमध्ये धेरै तालिबान नेता बने । विभिन्न रुसी अधिकारीहरूले तालिबानलाई ‘आतङ्कवादी र चरमपन्थी सङ्गठनहरू’ को कालो सूचीबाट हटाउन आह्वान गरेका छन्
रूसको एफएसबी सुरक्षा एजेन्सीका प्रमुख अलेक्जेन्डर बोर्टनिकोभले शुक्रबार अफगानिस्तानको विशेष सेवासँग ‘पारस्परिक रूपमा फाइदाजनक’ सहयोग हेर्न चाहेको बताएको सरकारी समाचार एजेन्सीहरूले जनाएका छन् ।
अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकी वार्ताका लागि मस्कोमा हुनुहुन्थ्यो । यसै क्रममा रूसले अफगानिस्तानमा कुनै पनि बहानामा सैन्य आधार राख्ने वा छिमेकी देशहरूमा नयाँ सैन्य सुविधा स्थापनालाई स्वीकार नगर्ने पनि लाभारोभले बताउनुभयो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति