+

एमपक्सको चिकित्सकीय निदानको परीक्षणलाई स्वीकृति

काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय स्वास्थ्य निकायले महामारीसँग जुधिरहेका देशमा महत्वपूर्ण उपकरण एमपक्सको पहिलो डाइग्नोस्टिक टेस्टको प्रयोगलाई स्वीकृति दिएको  छ ।

अफ्रिकी युनियनको रोग नियन्त्रण केन्द्रका अनुसार एमपक्सका कारण अफ्रिकाभर ८ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ भने आधिकारिक रुपमा १६ देशमा यो रोग पत्ता लागेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ– ‘परीक्षणको आपतकालीन प्रयोगका लागि स्वीकृति एमपक्स प्रकोपको सामना गरिरहेका देशहरूमा निदान क्षमता विस्तार गर्न महत्वपूर्ण हुनेछ, जहाँ द्रुत र सही परीक्षणको आवश्यकता तीव्र रूपमा बढेको छ।’

एबोट मोलिक्युलर इङ्कद्वारा निर्मित ‘एलिनिटी एम एमपीएक्सभी एसे’ भनिने यो परीक्षणले मानव घाउबाट लिइएको स्वाबबाट एमपक्स भाइरस पत्ता लगाउन सक्षम भएको दावी निर्माता कम्पनीले दावी गरेको छ ।

डब्लुएचओले भनेको छ, ‘पस्टुलर वा भेसिकुलर ¥यासको नमूनाबाट डिएनए पत्ता लगाएर प्रयोगशाला र स्वास्थ्यकर्मीले शङ्कास्पद एमपक्सका सङ्क्रमणलाई कुशलतापूर्वक र प्रभावकारी रूपमा पुष्टि गर्न सक्छन्।
‘अफ्रिकामा सीमित परीक्षण क्षमता रहेको र एमपक्स सङ्क्रमणको पुष्टि गर्न ढिलाइ भइरहेको र यसले भाइरसको निरन्तर फैलावटमा योगदान पुर्याएको छ’ विज्ञप्तिमा भनिएको छ।

डब्लुएचओका सहायक महानिर्देशक युकिको नाकातानीलाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ– ‘परीक्षणको स्वीकृतिले प्रभावित देशहरूमा परीक्षणको उपलब्धता विस्तार गर्न महत्वपूर्ण कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ।’

नाकातानीले भन्नुभयो– ‘गुणस्तरीय स्वास्थ्य सामग्रीमा पहुँच बढाउनु भाइरसको फैलावट रोक्न र आफ्ना जनता, विशेष गरी कम पहुँच भएका क्षेत्रहरूमा सुरक्षा प्रदान गर्न देशलाई सहयोग गर्ने हाम्रो प्रयास रहेको छ।’

पहिले मङ्कीपक्सको नामले चिनिने एमपक्स भाइरसको सङ्क्रमित जनावरबाट मानिसमा सर्छ तर नजिकको शारीरिक सम्पर्कको माध्यमबाट मानिसबाट मानिसमा पनि सर्न सक्छ।

एमपक्स लागेका विरामीमा ज्वरो आउने, मांसपेशी दुख्ने र छालाका ठूला ठूला घाउहरू हुने समस्या निम्त्याउँछ र यो घातक हुन सक्छ। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट