
नुवाकोट । दशेँ पर्वको अवसरमा घटस्थापनाको दिन बिहीबार नुवाकोटको बेलकोटगढीमा दुईसय ४५ परिवारले सामूहिक जमरा राखेका छन् ।
बेलकोटगढी नगरपालिका–१० स्थित निरञ्जना भगवती मन्दिरमा वडादसँैंको लागि स्थानीय ब्रामण, क्षेत्री, आदिवासी–जनजाती, दलित समुदायले एकैसाथ एकै स्थानमा सामूहिक जमरा राखेको हो ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गरेदेखि बेलकोटगढीस्थित निरञ्जना मन्दिरमा सामूहिक जमरा राखिँदैँ आएकोमा यो वर्ष पनि विभिन्न जाति र समुदायले सामूहिक जमरा राख्ने धार्मिक परम्परालाई निरन्तरता दिएको मन्दिरका पूजारी भोलाराज पौडेलले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार वितगमा जस्तै यो वर्ष पनि ब्रामण, क्षेत्री, आदिवासी–जनजाती र दलित जातीका विभिन्न २२ थरका दुईसय पैतालिस परिवारले एकै स्थानमा जमरा राखेका छन् । ‘स्थानीय क्षेत्रमा बसोबास गर्ने सबै जातीका परिवारले घटस्थापनाको शुभ साइतमा एकै स्थानमा जमरा राखेका छौँ’ पुजारी पौडेलले भन्नुभयो– ‘विजया दशमीको दिनसम्म बिहान बेलुकाको नियमित पूजाआरधना र जल चढाउने कार्य पुजारीको अगुवाइमा आलोपालो गरिन्छ ।’
नुवाकोट नामाकरणका ९ कोटमध्येको प्रमुख कोट बेलकोटलाई धार्मिक, सांस्कृतिक एवम् बैद्धिक सनातन परम्पराको लागि महत्वको रुपमा लिइन्छ । यहाँ अवस्थित निरञ्जना भगवती मन्दिर प्रसिद्ध एवम् पौराणिक शक्तिपीठको रुपमा देशभर परिचित रहेको छ । बडादशेँ पर्वको अवसरमा काठमाडौँ हनुमानढोकाको बैद्धिकविधि अनुसार नै यहाँको मन्दिरमा गरिने पूजाआरधना र जमरा राख्ने परम्परा एउटै रहेको छ ।
हनुमानढोकाको भन्दा बेलकोटगढीस्थित निरञ्जना मन्दिरमा राखिने सामूहिक जमराले स्थानीय क्षेत्रमा जातीय छुवाछुत प्रथाविरुद्धको सचेतनामा उल्लेख्य योगदान पुगेको बेलकोटगढी नगरपालिकाको प्रमुख जगतबहादुर गुरुङको भनाइ छ ।
उहाँको अनुसार मन्दिरमा सामूहिक जमरा राख्न र पूजा सञ्चालनका लागि गुठीको व्यवस्था भए पनि कुतवाली उठ्न छाडेपछि नियमति पूजा सञ्चालन प्रभावित हुन नदिन बेलकोटगढी नगरपालिकाले सहयोग पुर्याउँदै आएको छ ।
‘धार्मिक परम्परा धान्न समस्या भइरहेको अवस्थामा सामूहिक जमरा राख्न स्थानीयवासीको सामूहिक प्रयास अनुपम नमूना छ’ नगरप्रमुख गुरुङले भन्नुभयो– ‘पछिल्ला वर्षमा बेलकोटगढी नगरपालिकाले वार्षिक नीति तथा कार्यक्रममा समावेश गरेर आर्थिक सहयोग उपलब्ध गराई पूजा सञ्चालनमा सहज बनाउन कोसिस गर्दै आइरहेको छ ।’बेलकोटस्थित पाण्डेगाउँ, सुन्दरबजार, बेलकोटगढी, धमले, मिजारगाउँ, मैदानटोल, गैरीगाउँका स्थानीयले दशैँ पर्व विजया दशमीको दिनबाट शुरु हुने नवदुर्गा भवानीको प्रसाद ग्रहण्मा लगाउने जमरा सामूहिक रुपमा निरञ्जना भगवती मन्दिरमा राख्ने गरिएको छ ।
मन्दिरका उपासे सन्दिप रानामगरको अनुसार सामूहिक जमरा राख्ने धार्मिक परम्परा दुईसय पचास वर्ष भन्दा पुरानो मानिन्छ । सामूहिक जमरा राख्ने धार्मिक कार्यक्रममा नगरप्रमुख गुरुङ, उपप्रमुख शिवप्रसाद दाहाल, विभिन्न वडाको वडाध्यक्ष सहितको जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन