
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बीपी राजमार्ग दशैं अगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने निश्कर्ष निकालेको छ ।
बिहीबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्रालयले बीपी राजमार्गको चौकी डाँडादेखि कालढुंगा सडकखण्डमा बाढीका कारण सडक नै बगाएकाले दशैंअगाडि पूर्णरुपमा सञ्चालन हुन नसक्ने जनाएको हो ।
यसको विकल्पका रुपमा अन्य रुटहरुलाई सहज ढंगले सुचारु गर्ने काम भइरहेको मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिनुभएको छ ।
उक्त सडकखण्डमा पहाड काटेर सडक बनाउने अवस्था नरहेकाले पर्खाल नै उठाउनुपर्ने देखिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बाढीका कारणबीच बाटोमा फसेका सवारीसाधानलाई निकाल्न खोला किनार अस्थायी सडक निर्माणको काम भइरहेको छ ।
दशैंअघि उपत्यका बाहिरिने अन्य राजमार्ग भने सुचारु हुने उहाँको भनाइ छ । बाढीका कारण ८ स्थानका पुलमा क्षति भएको र सम्भव भएका स्थानमा बेलिब्रिज राख्ने तयारी भइरहेको सचिब शर्माले बताउनुभएको छ ।
वर्षाका कारण आएको बाढीले ३४ वटा राजमार्गहरूका ८ सय ५ स्थानमा पहिरो गइ सडक अवरुद्ध भएकोमा ७७४ स्थानको पहिरो हटाई २९ वटा राजमार्गमा यातायात सुचारु गरिएको मन्त्रालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति