
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह पाँच सदस्यीय टोलीसहित भूटान पुग्नुभएको छ ।
निजी भ्रमणका लागि परिवारका सदस्यसहित पूर्वराजा शाह आज ड्रुक एयर मार्फत भूटान प्रस्थान गर्नुभएको हो । पूर्वराजा शाहलाई थिम्पुमा भूटानकी राजकुमारीले विमानस्थलमा पुगेर स्वागत गर्नुभएको थियो ।
पूर्वराजा शाहको टोलीमा छोरी प्रेरणा, भतिजी शिताष्मा र पारिवारिक सदस्य राजु सिंह सामेल छन् । पूर्व राजा शाहले यो भ्रमणलाई निजी भनेपनि यसलाई राजनीतिक रुपमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
भूटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुङको निम्तामा उहाँ भूटान गएको बताइएको छ । भ्रमणका बारेमा अन्य बिषय खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति