
काठमाडौँ । इजरायलले हवाई आक्रमण बढाई देशमा स्थलगत आक्रमण शुरु गरेपछि लेबनानले आफ्नो स्वास्थ्य प्रणालीलाई निरन्तरता दिन कठिनाई भइरहेको विश्व स्वास्थ्य सङ्गठनका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले मङ्गलबार चेतावनी दिनुभएको छ ।
हाल लेबनानमा मृत्यु हुनेको सङ्ख्या बढ्दै गइरहेको र अस्पताल बिरामी तथा घाइतेहरुले भरिएको उल्लेख गर्दै उहाँले यस्तो चेतावनी दिनुभएको हो । उहाँका अनुसार लगातारका सङ्कटले स्वास्थ्य प्रणाली कमजोर भएको छ भने आवश्यकताको सामना गर्न लेबनानले गरेको सङ्घर्षको डब्ल्यूएचओले मुल्याङ्कन गरिरहेको छ ।
इजरायलले गत महिना गाजामा भएको युद्धबाट आफ्नो ध्यान लेबनानतर्फ केन्द्रित गरेको थियो । इरान समर्थित हमासद्वारा अक्टोबर ७ मा भएको आक्रमणपछि इजरायलले आफ्नो उत्तरी सिमाना सुरक्षित गर्न थालेको थियो ।
बेरुत र यसको दक्षिणी उपनगरमा इजरायली आक्रमणसहितको लडाईमा गत सातादेखि एक हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । टेड्रोसले जेनेभामा अरब लिगका राजदूतहरूसँग भेटेर परिस्थितिबारे छलफल गर्नुभएको थियो । शरणार्थीसहित बिरामी, स्वास्थ्यकर्मी र नागरिकलाई सुरक्षित गरी उनीहरूलाई आवश्यक पर्ने स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने उहाँले बताउनुभएको छ ।
डब्ल्यूएचओले लेबनानी स्वास्थ्य मन्त्रालयसँग सहकार्य गरी अस्पतालमा पर्याप्त चिकित्सा आपूर्ति सुनिश्चित गर्न र स्वास्थ्यकर्मीलाई प्रशिक्षित गरिएको छभने सबैभन्दा कमजोरका लागि आवश्यक स्वास्थ्य सेवा कायम राख्न सक्नुपर्ने उल्लेख गर्नुभएको छ । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति