
भोजपुर । भोजपुरमा पशु चौपायामा लाग्ने विभिन्न रोग, रोकथाम तथा जोखिम निराकरण गर्ने भन्ने विषयमा ठोस योजना तयार गर्ने लक्ष्यले कार्यक्रम सञ्चालन गरिएको छ । पशुमा लाग्ने विभिन्न रोगको जोखिमका कारण किसान समस्यामा परेपछि रोगको न्यूनिकरणको लागि कार्यक्रम गरिएको हो ।
विगतमा यहाँ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र संखुवासभाको सम्पर्क केन्द्रको रुपमा मात्र सेवा प्रवाह भइरहेको थियो । हाल यहाँ पूर्ण अधिकारसहितको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कार्यालय स्थापना भएपछि कामलाई थप प्रभावकारी रुपमा सञ्चालनमा सहजता भएको कार्यालयले जनाएको छ । गत असार ३० गते यहाँ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र स्थापना गरिएको हो ।
जिल्लामा नै कार्यालय स्थापना भएपछि स्थानीय तहमा कार्यरत प्राविधिक तथा कर्मचारीहरुसँग आवश्यक रणनीति तयार गर्न कार्यक्रम गरिएको केन्द्रका प्रमुख सुन्दरलाल यादवले जानकारी दिनुभयो । प्राविधिक तथा कर्मचारीहरुसँग हाल भइरहेको काम तथा भावी दिनमा सञ्चालन हुने कार्यक्रमलाई थप प्रभावकारी कसरी बनाउने भन्ने विषयमा रणनीति तयार गरिएको उहाँले जानकारी दिनुभएको छ ।
कार्यक्रम मार्फत राष्ट्रिय खोरेत रोग नियन्त्रण अभियान सञ्चालनको विषयमासमेत छलफल गरिएको उहाँको भनाइ छ । ‘रोगका कारण किसानहरुले धेरै क्षति व्यहोर्नु परेको अवस्था छ’ उहाँले भन्नुभयो– फैलिन सक्ने रोगको रोकथाम तथा नियन्त्रण कसरी गर्ने भन्ने विषय कार्यालय गम्भिर रुपमा लागेको अवस्था छ । यो कार्यलाई प्रभावकारी बनाउन स्थानीय तहका पशु शाखामा कार्यरत प्राविधिहरुसँग समन्वयमा काम गरिरहेका छौैँ । यहाँ नै कार्यालय स्थापना भएपछि कामलाई थप प्रभावकारी बनाउन सहजता भएको छ ।’
नौ वटै पालिकाका पशु शाखामा कार्यरत प्राविधिक तथा कर्मचारीहरुले पशु रोग नियन्त्रणको लागि आफ्नो स्थानीय तहमा भईरहेको काम र भावी दिनमा गर्न सकिने योजना तथा कार्यक्रम विषयमा सल्लाह सुझाव दिएका छन् ।
प्रत्येक त्रैमासिकमा स्थानीय तहका प्राविधिक तथा कर्मचारीसँग समन्वय वैठक सञ्चालन गरेर कार्यक्रमलाई प्रभावकारी बनाउन आवश्यक कार्ययोजना तयार गर्ने काम भइरहेको कार्यालयले जनाएको छ ।
जिल्लामा पशुमा लाग्ने मुख्य रोग र त्यसको रोकथामको लागि गर्न सकिने कामको विषयमासमेत छलफल गरिएको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति