
सुदूरपश्चिम । कैलालीको धनगढी उपमहानगरपालिकासहित स्थानीय तहका नागरिकलाई आजदेखि कोरोनाविरुद्धको ‘फाइजर’ खोप दिन थालिएको छ ।
उपमहानगरका सबै वडामा आजदेखि कोरोनाविरुद्धको खोप अभियानका रुपमा लगाउन थालिएको उपमहानगरको स्वास्थ्य शाखा प्रमुख योगेश अवस्थीले जानकारी दिनुभयो ।
अभियानमा १२ वर्षमाथि उमेर समूहका, हालसम्म कोरोनाको खोप नलगाएका र यसअघि खोप लगाएर एकवर्ष पुगिसकेका नागरिकलाई यो खोप दिन लागिएको हो ।
‘हाल कोरोना भाइरको सङ्क्रमण नरहेपनि यसको भेरियन्ट परिवर्तन भइरहँदा जोखिम हुनसक्छ’ अवस्थीले भन्नुभयो ‘उपमहागरमा उपलब्ध भएको खोपको मात्राका आधारमा ३ दिन अभियान सञ्चालन हुनेछ ।’
खोप अभियान सुदूरपश्चिम प्रदेशका कैलालीसहित बझाङ र डडेल्धुराका स्थानीय तहमा शुरु भइसकेको प्रदेशस्थित स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयका खोप कार्यक्रमका सम्पर्क व्यक्ति मीनराज जोशीले प्रदेशका सबै ९ जिल्लामा अभियान सञ्चालनका लागि एक लाख ९ हजार मात्रा खोप उपलब्ध भएको जानकारी दिनुभएको छ ।
जोशीका अनुसार प्रदेशका गौरीफन्टा, गड्डाचौकी, झुलाघाट, पुलघाट लगायत भारतसँग सीमा जोडिएका स्थानमा सञ्चालित ‘हेल्थ डेस्क’मार्फत् स्वदेश भित्रिने नागरिकमा एन्टिजेन विधिबाट कोरोनाको परीक्षण हुँदै आएको छ ।
पछिल्लो समय सीमानाकामा गरिने एन्टिजेन परीक्षणमा कमी आएकाले खोप अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति