
झापा । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ ।
वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा ५ करोड २१ लाख ५१ हजार ९ सय रुपैयाँ बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा रु ४८ लाख, गौरीगञ्ज गाउँपालिका एक सय हेक्टरमा लगाइएको धानबालीमा ससखाप भएको छ ।
वर्षाले त्यहाँ एक करोड ७७ लाख ९२ हजार तीन सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी एक करोड ७५ लाख ७३ हजार ६ सय रुपैयाँ बराबरको क्षति भएको छ ।
‘हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ’ उहाँले भन्नुभयो– ‘विवरण सङ्कलन जारी छ ।’ केन्द्रका प्रमुख सागर विष्टले भन्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति