
काठमाडौँ । दुर्गा पक्षको पहिलो दिन हनुमानढोका दरबारस्थित दशैघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दिएको बिहान ९ः१६ बजेको साइतमा हनुमानढोका दरबार क्षेत्रको दशैँघरमा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको हनुमानढोका दरबार हेरचाह अड्डाका कार्यालय प्रमुख सन्दिप खनालले जानकारी दिनुभएको छ ।
हनुमानढोका दरबारमा रहेको दशैँघरमा राज्यका तर्फबाट घटस्थापना गरी विधिपूर्वक दुर्गा देवीको आह्वान गरी पूजा आराधना गर्ने परम्परा रहेको छ । हनुमानढोकाको दशैँघरमा आजैदेखि बलिसहित पूजा शुरु गरिन्छ ।
हनुमानढोकाको कोतमा महाअष्टमी र महानवमीका अवसरमा भने ५४ बोका, ५४ राँगाको बलि दिएर विशेष पूजा गरिन्छ । यस वर्ष तिथिको घटबढका कारण असोज २४ गते फूलपाती भित्र्याएपछि अष्टमीमा गरिने पूजा आराधना र बलिको तयारी भएको जानकारी पनि कार्यालय प्रमुख खनालले दिनुभएको छ।
वैदिक विधिपूर्वक घटस्थापना गरी दुर्गा देवीको आह्वान गरिएको दशैघरमा दुर्गा पक्षको पहिलो दिन आज नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा आराधना गरिन्छ । दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौँथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
नव दुर्गासहित दशैँघरमा वा पूजा कोठामा महाकाली, महालक्ष्मी र महासरस्वतीको पनि विधिपूर्वक पूजा, आराधना गरिन्छ । यसैगरी राजधानीलगायत देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पनि भक्तजनको पूजा, आराधना एवं दर्शनका लागि घुइँचो लाग्ने गर्छ । शक्तिपीठ एवं देवी मन्दिरमा बलिसहित पूजा, आराधना गर्न पनि भक्तजन पुग्ने गर्छन् ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरिन्छ । घटस्थापनादेखि महानवमीका दिनसम्म विधिपूर्वक दुर्गा देवीको पूजा, आराधना गरिन्छ । ९ दिनसम्म पूजा, आराधना गरिएकी देवीलाई विजयादशमीका दिन बिहान देवी विसर्जन गरी मान्यजनका हातबाट प्रसादस्वरुप टीका र समृद्धिको प्रतीको जमरा लगाउने गरिन्छ ।
मान्यजनबाट टीका र जमरा लगाउने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति गरी बेलुकी धनधान्यकी देवी महालक्ष्मीको विधिपूर्वक पूजा, आराधना गरी जाग्राम बसेपछि १५ दिन लामो बडादशै पर्व समाप्त हुन्छ । यो १५ दिनको पक्षलाई दुर्गा पक्ष पनि भनिन्छ ।
९ दिनसम्म विधिपूर्वक देवीको आराधना गर्ने बाँकी ६ दिन देवीकोप्रसाद ग्रहण गरिने भएकाले यो १५ दिनको समयलाई दुर्गा पक्ष भनिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति