
मोरङ । कफी खेतीबाट राम्रो आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई विस्थापन गर्दै मोरङ उत्तरी भेगका ३ पालिकाका बासिन्दा यसप्रति आकर्षित भएका छन् । पछिल्लो समय यहाँका ३ पालिकामा एकसय ५० हेक्टरमा कफी लगाइएको छ ।
उत्तरी भेगको लेटाङ नगरपालिका, मिक्लाजुङ गाउँपालिका र केराबारी गाउँपालिकामा पाँच वर्षअघिदेखि व्यावसायिक कफी खेती शुरु गरिएको थियो । मिक्लाजुङमा १ सय १० हेक्टर, लेटाङमा ३५ हेक्टर र केराबारीमा ५हेक्टर जमिनमा कफी लगाइएको कृषि ज्ञान केन्द्रले जनाएको छ । कफी खेती विस्तार कार्यक्रमअन्तर्गत रहेर किसानले कफी खेती लगाएका त्यहाँका प्रमुख रामदेव सिंहले बताउनुभयो । उहाँले भन्नुभयो– ‘किसानले उत्साहित भएर कफी खेतीमा लागेका र उनीहरूलाई कफी पकेट कार्यक्रमअन्तर्गत कफी सुकाउने, ग्रेडिङ गर्ने र धुलो बनाउने उपकरण चाहिएको छ ।’
लेटाङ बजारभन्दा १७ किलोमिटर उत्तर भोगटेनीका चन्द्र राईले ५ वर्षअघि नजिकै रहेको साग्मा माविको जागिर छाडेर आफ्नो ५० रोपनी जमिनमा कफी खेती सुरु गर्नुभएको थियो । छँदा खाँदैको जागिर छाडेर खेतीमा लाग्दा सबै छक्क परेको सम्झदै उहाँले भन्नुभयो– ‘हाल आफूसँगै गाउँका ९० परिवारले पनि कफी खेती रोजेका छन् । माग उच्च हुँदा पनि उत्पादन पुरयाउन सकिएको छैन । कफी खेती आम्दानीको राम्रो स्रोत बनेको छ ।’
प्रतिरोपनी वार्षिक १ लाख आम्दानी हुने उहाँको जिकिर छ । ‘५ वर्षअघि लगाइएको कफीले यस वर्षदेखि उत्पादन दिन शुरु गरेको छ । “कफीको बिरुवाका लागि आफैँ नर्सरी गरेर वितरणसमेत गर्ने गरेको छु, उत्पादित दाना सङ्कलन गरेर बजारीकरणमा सहयोग गरेको छु’ कृषक राईले बताउनुभयो– ‘काठमाडौँ पोखरा लगायत ठूला शहरबाट माग आउने गरेको छ तर स्थानीय बजार इटहरी, विराटनगरलगायतमै पनि माग पुरयाउन सकिएको छैन ।’
नेपालमा अधिकांश अराविका जातको कफी लगाउने गरिएको छ । कफीको पाकेको दाना (चेरी) किसानबाट ९० रुपैयँँ प्रतिकिलो र प्रशोधन गरिएको (पार्चमेन) प्रतिकिलो ५ सयदेखि ५ सय ५० रुपैयँँ सम्ममा कारोबार हुने गरेको तर पूर्ण प्रशोधन वा धुलो बनाउन बाँकी रहेको कफी प्रतिकिलो १ हजार ८ सयका दरले होटलमा जाने गरेको छ । धुलो बनाउँदा प्रतिकिलो २ हजार २ सय ५० रुपैयाँ का दरले कफी बिक्री हुने गरेको छ ।
कृषक राईले जस्तै राजविक्रम राई र मिक्लाजुङका कविन्द्र चाम्लिङले पनि आफ्नो बारीमा व्यवसायीकरूपले कफी खेती गर्नुभएको छ । यसप्रति आफूहरु पूर्ण सन्तुष्टि रहेको राजविक्रमले बताउनुभयो । गत वर्षभन्दा यसपटक कफी अझ फस्टाएको उहाँको भनाई छ । ‘कफीबाट आर्र्थिक आम्दानी राम्रै हुन्छ भन्ने आशा छ’ उहाँले भन्नुभयो– हामी मकै, कोदो र गहुँखेती छाडेर कफी खेतीमा लाग्यौँ । आर्थिक आम्दानीको तुलनामा परम्परागत कृषिभन्दा आधुनिक कृषि बढी लाभदायी हुन्छ ।’ नेपालमा कफीको उत्पादन राम्रो मानिन्छ । मुख्यतः अरेविका जातको कफीले राम्रोे उत्पादन दिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति