
काठमाडौँ । भियतनामको चिडियाखानामा बर्डफ्लूको कारण ४७ बाघ मरेका छन् ।
दक्षिण भियतनामको चिडियाखानामा ‘एच५एन१’ बर्ड फ्लू भाइरस सङ्क्रमणका कारण ४७ बाघ, ३ वटा सिंह र एउटा प्यान्थर मरेको सरकारी मिडियाले बुधबार जनाएको छ ।आधिकारिक भियतनाम समाचार एजेन्सी (भिएनए) का अनुसार अगस्ट र सेप्टेम्बरमा लङ एन प्रान्तमा रहेको निजी माई क्विन्ह सफारी पार्क र डोङ नाइमा रहेको भुओन जोई चिडियाखानामा जनावरहरु मरेको हो ।
‘नेसनल सेन्टर फर एनिमल हेल्थ डायग्नोसिस”को परीक्षणको नतिजाअनुसार ‘एच५एन१ टाइप–ए भाइरस सङ्क्रमणबाट जनावरहरू मरेको भिएनएले जनाएको छ । चिडियाखानाले भने यसबारे कुनै पनि टिप्पणी गर्न अस्वीकार गरेका छन् ।
वन्यजन्तु संरक्षणमा केन्द्रित गैरसरकारी संस्था ‘एजुकेशन फर नेचर भियतनाम (इएनभीं) ले सन् २०२३ को अन्त्यमा भियतनाममा ३ सय ८५ बाघ बन्दी अवस्थामा रहेको बताएको छ ।
सन् २०२२ देखि एच५एन१ सहित इन्फ्लुएन्जा भाइरसका कारण स्तनपायीहरूमा घातक प्रकोप बढ्दै गएको
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले जनाएको छ ।
भियतनामले मार्चमा विश्व स्वास्थ्य सङ्गठनलाई त्यही भाइरसबाट मानिसको समेत मृत्यु भएको जानकारी दिएको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति