
काठमाडौँ । पछिल्लो २ कारोबार उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने ओरालो लागेकोे छ ।
नेप्से परिसूचक बुधबार २६ दशमलव शून्य ७ अंकले घटेर २ हजार ५ सय ९७ दशमलव ४९ को बिन्दुमा कायम भएको हो । आज ३ सय १० कम्पनीको एक करोड ५१ लाख ९९ हजार सात सय ६३ कित्ता शेयर, ८३ हजार ८१ पटक खरिदबिक्री हुँदा ६ अर्ब ७७ करोड ८१ लाख ९५ हजार ८ सय ८१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज वित्त समूहको उपसूचक एक दशमलव ७५ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा बढी निर्जीवन बिमा समूहमा एक दशमलव ८२ प्रतिशतको गिरावट देखिएको छ । बैंकिङ शून्य दशमलव ७१, विकास बैंक एक दशमलव ३८, होटल तथा पर्यटन एक दशमलव ७९, जलविद्युत् एक दशमलव ७४, लगानी एक दशमलव ५२ र जीवन बिमा शून्य दशमलव ४० प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन एक दशमलव ७९, लघुवित्त एक दशमलव १२, म्युचुअल फण्ड शून्य दशमलव ४१, व्यापार एक दशमलव १८ र अन्य समूह शून्य दशमलव शून्य तीन प्रतिशतले घटेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छभने विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल फाइनान्स लिमिटेडको २० करोड ७१ लाख ५५ हजार दुई सय ६७ रुपैयाँको शेयर किनबेच भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा बढी हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रमोटर शेयर सात लाख ९ हजार ८ सय ६७ कित्ता किनबेच भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति