
स्याङ्जा । वालिङ नगरपालिका–१४ र भीरकोट नगरपालिका–९ स्थित अँधेरी खोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयलाई सहज भएको छ ।
बिएलटी कन्ट्रक्सन प्रालि कोहलपुर बाँकेले ७९ लाख रुपैयाँमा पुल निर्माणको ठेक्का सम्झौता गरेको थियो । पुलःनिर्माण समितिका अध्यक्ष टेकबहादुर दर्लामीका अनुसार एक सय ५२ मिटर लामो उक्त पुल खोलाबाट २ हजार ८० मिटर उचाइमा निर्माण भएको छ । विसं २०८० असोज ५ गते उद्घाटन भएको पुल सर्वसाधारणका लागि खुल्ला गरिएसँगै दुई घण्टाको बाटो आधा घण्टामा छोटिएको उहाँले बताउनुभयो ।
यहाँ पुल नहुँदा स्थानीय दुई घण्टाको लामो वैकल्पिक बाटो हिँड्न बाध्य थिए । पुल बनेपछि भने लामो बाटो आधा घण्टामा छोटिएको अध्यक्ष दर्लामीले जानकारी दिनुभयो । ‘पुल बनेपनि विद्यार्थी, बटुवा तथा दैनिक आवतजावत गर्नेलाई सहज भएको छ । किसानलाई उत्पादित सामान ओसारपसार गर्न र बजारसम्म लैजान सहज भएको हो’ उहाँले भन्नुभयो ।
यहाँ पुल बनेपछि वालिङ नगरपालिका र भीरकोट नगरपालिका एक दर्जनबढी बस्तीका नागरिक लाभान्वित भएका छन् । सिम्ले, ठाना, करादी, काभ्रे, साउन्दी, चराङ, हिले, पाखुरे, जिमिरे, ठूली भञ्ज्याङ, जुनेली डाँडा, सिर्वानी, कपासे, हुग्दी, डुम्रेभन्ज्याङलगायत गाउँका पाँच सय बढी परिवारलाई प्रत्यक्ष लाभ पुगेको अध्यक्ष दर्लामीले बताउनुभयो ।
स्थानीय समाजसेवी प्रकाश न्यौपानेले पुलको वारिपारि ठाडो भीर हुनुका साथै खरबारीको बाटो चिप्लो र अफ्ठयारो भएकाले सजिलो बाटो निर्माण गर्नुपर्ने बताउनुभयो । स्थानीयको निरन्तर प्रयासपछि एक सय ५२ मिटर लामो पुल बनेको भन्दै विस्तारै सडक विस्तार र स्तरोन्नतिमा स्थानीय निकायले योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति