+

राष्ट्रपतिद्वारा एक महिनाको तलब उद्धार कोषमा प्रदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बाढीपहिरो प्रभावितलाई राहतको लागि एक महिनाको तलब प्रदान गर्नुभएको छ । 

राष्ट्रपतिले हालै गएको बाढीपहिरो प्रभावितलाई राहत स्वरुप आफ्नो एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । 

सचिवालयका अनुसार राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि एक साताको तलवसुविधा  कोषमा प्रदान गर्नुभएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट