
काठमाडौँ । अलराउण्डर दीपेन्द्रसिंह ऐरी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को टी-२० आई अलराउण्डरको वरीयतातर्फ दोस्रो स्थानमा उक्लिएका छन् ।
नेपालको क्रिकेट इतिहासमा कुनै पनि वरीयता शीर्ष दुईमा पर्ने उनी पहिलो खेलाडी हुन् । आईसीसीले जारी गरेको वरीयतामा दीपेन्द्रले चार स्थान सुधार गर्दै दोस्रो स्थानमा उक्लिएका छन् ।
अलराउण्डरतर्फ टी-२० आईमा शीर्षस्थानमा इंग्ल्यान्डका लियाम लिभिङस्टोन छन् । लिभिङस्टोनको रेटिङ २५३ र दीपेन्द्रको २३० छ । रेटिङ हरेक खेलको प्रदर्शन अनुसार परिवर्तन हुने गर्दछ ।
टी–२० आई अलराउण्डरको तेस्रो स्थानमा अष्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बावेका सिकन्दर राजा, पाँचौं स्थानमा श्रीलंका वानिन्दु हसरंगा र छैटौं स्थानमा अफगानिस्तानका मोहम्मद नाबी छन् ।
भारतका हार्दिक पान्ड्या सातौं, पाकिस्तानका इमाद वासिम र दक्षिण अफ्रिकाका एडेन माक्ररम नवौं स्थानमा छन् । टी–२० अलराउन्डरतर्फ कुशल मल्ल ६ स्थान तल झर्दै ४० औं स्थानमा छन् । गुल्सन झाले एकै पटक ११ स्थान सुधार गरेका छन् । गुल्सन, रोहित पौडेल र इंग्ल्यान्सका साम करन समान ६८ रेटिङका साथ ५३ औं स्थानमा छन् । त्यस्तै अलराउन्डरतर्फ कुशल भुर्तेलले ६ स्थान सुधार गर्दै ६० औं स्थानमा छन् । करण केसी ७१ औं स्थानमा यथावत छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति