
काठमाडौँ । इरानसँग अफगानिस्तानको सीमाबाट अफगानी शरणार्थीहरु बच्चा च्यापेर, आफ्नो सम्पूर्ण सम्पत्ति झोलामा अटाएर स्वदेश फर्किरहेका छन् ।
प्रत्येक दिन तीन हजार अफगानी जसमध्ये कोही इरानमा जन्मेका थिए, आफ्नो उज्ज्वल जीवन जिउने प्रयास असफल भएपछि स्वदेश फर्किरहेका छन् । ‘शरणार्थीहरूले धेरै शारीरिक र मानसिक यातनाको सामना गर्नुपरेको छ’ इस्लाम कालाको सीमावर्ती सहरमा आगमन दर्ता गर्ने अधिकारी अब्दुल घानी काजीजादाले बताउनुभयो ।
कोही अवैध रूपमा इरान प्रवेश गरेका र कोहीको भिसा म्याद सकिएका कारण उनीहरु आफ्नो देश फर्कन बाध्य भएका हुन् । लगभग ९० प्रतिशतलाई अफगानीलाई इरानबाट निर्वासित गरिएको छ भने बाँकी स्वेच्छाले फर्किरहेका छन् ।
‘उनीहरूलाई १८ वर्ष माथिका जो कोहीले १० करोड तोमान बैङ्कमा जम्मा गराउनुपर्ने अन्यथा एक हप्ताभित्र इरान छाड्न चेतावनी दिइएको थियो’ काजीजादाले भन्नुयो ।
यी शरणार्थीहरू देश भित्रनु अघी अफगान अधिकारीले दर्ता गरिरहेका छन् र आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनद्वारा जाँच गरिएका छन् । आफ्नो परिवारसँग जीवन पुनर्निर्माण गर्न फर्किरहेका शरणार्थीका लागि प्रति व्यक्ति दुई हजार अफगानी दिइने व्यवस्था गरिएको छ भने एक्लै फर्किनेको हकमा यो सुविधा लागू गरिएको छैन ।
३६ वर्षीया रमजान अजिजी आफ्नी श्रीमती र तीन बच्चासहित आगमन दर्ता गराउन पर्खिरहनुभएको थियो । उहाँ सन् २०२३ मा एक दलाललाई १ हजार २२० डलर दिएर अवैध रूपमा इरान प्रवेश गर्नुभएको थियो । तर बढ्दो बेरोजगारी साथै अन्तर्राष्ट्रिय प्रतिबन्ध अन्तर्गत देशमा अपराधको आरोपमा अफगानहरूले बढ्दो शत्रुताको सामना गर्नुपरेको छ ।
२६ वर्षीया फाजिला कादेरीले राजधानी तेहरान नजिकैको करज शिविरमा आफू र आफ्नो पतिले भोगेका कष्टको स्मरण गर्नुभयो । ‘सुरक्षाकर्मीले पुरुष र महिलामा कुनै भेद नगरी हामीलाई छ वा सात दिनसम्म लठ्ठीले धेरै कुटपिट गरे’ उहाँले बताउनुभयो । कुटपिटका कारण उहाँको पतिको हड्डी भाँचिएको थियो । उहाँ मध्य–उत्तरी प्रान्त काजभिनमा एकजना तस्करलाई पैसा दिएर चार वर्षअघि इरान आउनुभएको थियो ।
वैध पासपोर्ट र भिसा हुँदाहुँदै पनि आफूलाई पक्राउ गरी इरानबाट निष्कासन गरिएको २९ वर्षीया मजदुर अब्दुल बसीरले बताउनुभयो । ‘पासपोर्ट लिएर म १० दिनका लागि सैन्य शिविर मा पुगेँ’ उहाँले भन्नुभयो । उहाँले एक पटक शिविरमा घाइते हुनेगरी कुटपिट गरिएको बताउनुभयो ।
सुरक्षाकर्मीहरूले अफगानी पासपोर्ट वा वैध इरानी निवास अनुमतिहरू च्यातेको पनि उहाँले दावी गर्नुभयो । तसर्थ उहाँलाई अफगान पासपोर्ट बिना अफगानिस्तान निर्वासित गरियो ।
सीमामा रहेका अफगानी अधिकारी काजीजादाले करिब ७० प्रतिशत शरणार्थीलाई इरानी कागजातबिना फिर्ता पठाइएको जानकारी गराउनुभयो ।
अफगानिस्तानका विदेशमन्त्री अमिर खान मुत्ताकीले सेप्टेम्बरको अन्त्यमा तेहरानलाई ‘इरानको विकासमा योगदान पुर्याएका अफगानी शरणार्थीलाई’ सहयोग गर्न आग्रह गर्नुभएको थियो । इरानी राष्ट्रपति मसूद पेजेस्कियनले गत महिना तेहरानले अवैध नागरिकहरूलाई “सम्मानजनक ढङ्गले” आफ्नो देशमा फिर्ता गरिरहेको बताउनुभएको थियो । एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति