
चितवन । माडी नगरपालिकामा पालिएको गाईमा ‘क्यू फिवर’ पुष्टि भएको छ ।
मानिसबाट पशुमा र पशुबाट मानिसमा सर्ने यो रोग माडी–४ मा पुष्टि भएको हो । नगरपालिकाका पशु शाखा प्रमुख डा रविन बस्ताकोटीका अनुसार केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणका क्रममा गाईमा क्यू फिवर पुष्टि भएको हो ।
कक्जियाला वोर्नेटाई नामक व्याक्टेरियाका कारण यो रोग लाग्ने उहाँले बताउनुभयो । चार महिनाको गाई गर्भावस्थामा बिरामी परेर उपचारका क्रममा तुहिएपछि रोग पहिचानको काम गरिएको थियो । उहाँले भन्नुभयो, ‘परीक्षणका लागि सालको टुक्रालाई प्रयोगशालामा पठाइएको थियो ।’ पिसिआर विधिबाट परीक्षण गरी रोग पहिचान गरिएको उहाँले बताउनुभयो ।
जिल्लामा पहिलो पटक यो रोग देखिएको बस्ताकोटीले जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो– ‘जिल्लामा पहिलो पटक यो रोग देखिएको हो, यो रोग देखिए तीन सातादेखि तीन महिनासम्म औषधि चलाउनुपर्ने हुन्छ ।’ यो रोग लागेका पशु चौपायामा ज्वरो आउने, खाना नखाने लक्षण देखापर्छ ।
सन् १९३५ मा यो रोग अष्ट्रेलियामा पुष्टि भएको थियो । यो रोग लागेका पशुलाई टोकेका किर्नाले मान्छेमा टोकेमा, काँचो दूधको सेवन वा काँचो मासुको प्रयोग गर्नाले मानिसमा पनि सर्ने गर्दछ । यो रोग लागेका मानिसमा ज्वरो अउने, छाती दुख्ने, निमोनिया हुने र हेपाटाइटिससम्म हुने बस्ताकोटीले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति