
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–९ मा रहेको पर्यटकीयस्थल किरातेश्वर ढुङ्गे बगैँचाको संरक्षण थालिएको छ । आन्तरिक पर्यटक आकर्षित गर्न त्यहाँ भौतिक पूर्वाधारसहित पदमार्ग निर्माण पनि थालिएकोे छ ।
किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी, सिंहदेवीस्थानको विकास गर्दै एकीकृत पर्यटकीय क्षेत्र निर्माणको अवरधारणाअनुसार काम भइरहेको छ । त्यस निम्ति विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेर काम थालिएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट ७७ लाख रुपैयाँमा भौतिक संरचनाको विकास गरिएको वडाध्यक्ष नवराज माङ्गपाहाङ्गले बताउनुभयो । पर्यटकलाई लक्षित गरेर किरातेश्वरमा पदमार्ग, किराती चुलाघर, विश्रामस्थल, चौतारा, साखेवा पोखरीलगायत संरचना निर्माण गरिएका उहाँले बताउनुभयो । विसं १९४४ मा स्थापना गरिएको पाँचधारे पोखरीको संरक्षण, सिंहदेवीस्थानमा सांस्कृतिक भवन निर्माण गरिएको छ ।
पाँचधारे पोखरीको मौलिकता परिवर्तन नगरी जीर्णोद्धार तथा संरक्षणको काम गरिएको छ । पाँचधारे क्षेत्रलाई एकीकृत पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न योजनावद्ध रूपमा काम थालिएको तथा पर्यटकको सहजताका लागि हाल निर्माण भइरहेको पदमार्गलाई मुन्दुम पदमार्गसम्म पुर्याउने लक्ष्य छ ।
किरातेश्वर ढुङ्गेबगैँचा किरातहरूको आस्था केन्द्र र पाँचधारे पोखरीको धार्मिक महत्व रहेको स्थानीय अधिराज राईले बताउनुभयो । यसको विकास तथा संरक्षणले यहाँको आन्तरिक तथा बाह्य पर्यटकको विकासमा टेवा पुग्ने उहाँले बताउनुभयो ।
पाँचवटा मुहान रहेको पाँचधारे पोखरीमा दर्शन गरे मनोकामना पूरा हुने तथा पोखरीका माछा कसैले खाए त्यसले बाधा हुने उहाँले जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति