
तनहुँ । व्यास नगरपालिकाका चार वडालाई जोड्नेगरी चक्रपथ निर्माण प्रारम्भ भएको छ । नगरपालिकाका ७, ९, १० र ११ वडालाई जोड्ने गरी चक्रपथ निर्माण प्रारम्भ भएको हो ।
विश्व बैंकको आर्थिक सहयोगमा सहरी शासकीय तथा पूर्वाधार विकास आयोजनाले व्यासको गौरव आयोजनामा समावेश भएको पराशर मार्ग अन्र्तगत यस सडकको स्तरोन्नति थालिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले बताउनुभयो ।
पृथ्वीराजमार्गसँग जोडिएको व्यास नगरपालिक–१२ को घाँसीकुवासँग जोडिनेगरी पोल्याङ, सेरा, बेलटारी, फराकचौर,अधेरीभञ्ज्याङ, कुमालगाउँ, समता स्कुल हुँदै व्यास मार्गमा पर्ने कलेस्ती बजारसम्म पुग्ने १०.५५ किलोमिटर बाटो धमाधम कालोपत्र भइरहेको छ ।
मूल्य अभिवृद्धि कर (भ्याट) सहित ४० करोड ८३ लाख ३५ हजार ९ सय २१ रुपैयाँमा निर्माण सम्झौता भएको यो आयोजनाआगामी असारसम्ममा निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।
प्रारम्भमा पराशर मार्ग, छाब्दी केशवटार र माहिन्द्री मार्गको स्तरोन्नतिका लागि प्रस्ताव गरिएकामा चार वडा जोड्ने आयोजना छनोटमा परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति