+

लुकीछिपी बसेका १५ जना बङ्गलादेशका नागरिक पक्राउ

काठमाडौँ । प्रवेशाज्ञाको अवधि सकिएपछि पनि नेपालमै बसेका १५ जना बङ्गलादेशका नागरिक पक्राउ परेका छन् । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले प्रवेशाज्ञाको अवधि समाप्त भएपछि पनि स्वदेश नफर्केका १५ बङ्गलादेशका नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको हो । उनीहरुलाई  काठमाडौँ महानगरपालिका–२६ ठमेल तथा सोह्रखुट्टे क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यका अनुसार विभिन्न मितिमा नेपाल प्रवेश गरी गैरकानुनी ढङ्गले बसोबास गर्नुका साथै शङ्कास्पद गतिविधिमा संलग्न समेत रहेको पाइएको छ । उनीहरूलाई अध्यागमन विभाग पठाइएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट