
बागलुङ । सहकारी ठगी आरोपमा इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।
मंगलबार भएको थुनछेक बहसपछि नेपालीलाई न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले पुर्पक्षका लागि पठाएको हो ।
मंगलबार नेपालीको तर्फबाट वरिष्ठ अधिवक्ता केशवराज पराजुली र अधिवक्ता राम शर्माले बहस गर्नुभएको थियो । जाहेरवालाको तर्फबाट अधिवक्ता रमेशबहादुर खड्का, सरिता केसी र सरकारी वकिल पूर्णप्रसाद शर्माले बहस गर्नुभएको थियो ।
सोही मुद्दाका अर्का आरोपी ओमप्रसाद दर्जीलाई भने १ लाख ५० हजार धरौटीमा रिहा हनुभएको छ । दर्जी नेपालीका दाजु हुनुहुन्छ ।
सहकारीको १ अर्ब ५४ करोड रुपैयाँ हिनामिनापछि नेपाली २०८० को जेठ ४ गतेदेखि फरार हुनुहुन्थ्यो । गत माघमा नेपालीविरुद्ध रेड कर्नर नोटिस जारी भएको थियो । नेपालीलाई गत शुक्रबार भारतको नयाँ दिल्लीबाट पक्राउ गरेर नेपाल ल्याइएको हो ।
नेपाली विरुद्ध १ हजार ५ सय ४३ जना बचतकर्ताले आफ्नो बचत रकम ठगी गरेको आरोपमा जाहेरी दिएका थिए । जिल्ला सरकारी वकिलको कार्यालय बागलुङले ताराबहादुर कुँवर सहितका पीडितको जाहेरीले भन्दै २०८० असार ३१ गते नेपालीसहित १० जनाविरुद्ध सहकारी ठगी मुद्दा दायर गरेको थियो । साउन ४ गतेको आदेशले नेपालीबाहेक संचालक र कर्मचारी समेतलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति