+

उच्च अंकले बढ्यो नेप्से

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज उच्च अंकले बढेको छ । नेप्से परिसूचक मंगलबार १ सय १४ दशमलव ७० अंकले बढेको हो । चार दशमलव ५७ प्रतिशतको वृद्धिपछि परिसूचक दुई हजार ६ सय २३ दशमलव ५६ मा अडिएको छ । 

आज ३ सय सात कम्पनीका १ करोड ७५ लाख ७ हजार ५ सय ५५ कित्ता शेयर, ९६ हजार ९०६ पटक खरिदबिक्री हुँदा ७ अर्ब ६१ करोड ६५ लाख २२ हजार २ सय ५८ रुपैयाँ बराबरको कारोबार भएको छ । वित्त समूह आज सबैभन्दा धेरै ९ दशमलव ७४ प्रतिशतले बढेको छ । 

बैङ्किङ तीन दशमलव ८३, विकास बैङ्क पाँच दशमलव ४८, होटल तथा पर्यटन पाँच दशमलव ९७ र जलविद्युत् पाँच दशमलव ९८ प्रतिशतले बढेको छ । लगानी छ दशमलव १०, जीवन बीमा चार दशमलव १२, उत्पादन तथा प्रशोधन दुई दशमलव १९, लघुवित्त तीन दशमलव ९८, म्युचुअल फन्ड एक दशमलव ६६, निर्जीवन बीमा तीन दशमलव शून्य नौ, व्यापार तीन दशमलव ९९ र अन्य समूह चार दशमलव ६७ प्रतिशतले बढेको छ ।

आज १८ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै घट्नेमा भने एनएमबी–५० म्युचुअल फन्डको शेयर मूल्य तीन दशमलव ८६ प्रतिशतले घटेको छ । 
रकमका आधारमा आज सबैभन्दा धेरै एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडको  २८ करोड ८२ लाख ८३ हजार ९ सय ५६ रुपैयाँ बराबरको कारोबार भएको छ ।  सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै अपी पावर कम्पनी लिमिटेडको छ लाख १२ हजार ४ सय १ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

छुटाउनुभयो कि?

सबै

ताजा उपडेट