
गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले दशैँका अवसरमा अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ ।
गाउँपालिकाले सञ्चालन गर्दै आएको निःशुल्क छात्रावासमा बसेर पठनपाठन गर्दै आएका अभिभावकविहीन बालबालिकालाई दशेँका लागि नयाँ कपडा खरिद गरी वितरण गरिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिनुभएको छ ।
‘गाउँघरमा दसैँमा नयाँ कपडा लगाउने, मिठोमसिनो खाने र दशेँ धुमधामका साथ मनाउने प्रचलन पुरानै हो, नयाँ कपडा नलगाएसम्म बालबालिकामा दसैँ आएको अनुभूति पनि हुँदैन, अभिभावकविहीन बालबालिकालाई दसैँमा आफ्ना अभिभावक नभएको अनुभूति नहोस् भन्नका लागि गाउँपालिकाको तर्फबाट नयाँ लत्ताकपडा वितरण गरिएको हो’ उहाँले भन्नुभयो ।
गाउँपालिकाले पालिकाभित्रका अभिभावकविहीन बालबालिकाकालाई चालु शैक्षिकसत्रदेखि वडा नम्बर ६ बाह्रकोटमा निःशुल्क खान, बस्न र पठनपाठनको सुविधासहित मनास्लु छात्रावास सञ्चालन गर्दै आएको छ । त्यही छात्रावासमा बस्दै आएका १९ अभिभावकविहीन बालबालिकालाई गाउँपालिकाले नयाँ कपडा वितरण गरेको हो ।
‘रोजाइअनुसार केटाका लागि टिर्सट, पाइन्ट ज्याकेट, चप्पल र केटीका लागि कुर्तासुरुवाल, टिर्सट पाइन्ट लगायत आफ्नो रोजाइको कपडा वितरण गरिएको छ’ अध्यक्ष भट्टले भन्नुभयो– ‘नयाँ कपडा पाएपछि उनीहरूलाई दशैँ आएको अनुभूति भएको पाएका छौँ, सबै जना खुशी छन् ।’
छात्रावासमा बस्ने बालबालिकालाई गाउँपालिकाले स्थानीय सूर्यज्योति माध्यामिक विद्यालयमा कक्षा १२ सम्म निःशुल्क पठनपाठनको व्यवस्था मिलाउँदै आएको छ । गाउँपालिकाले अभिभावकविहीन बालबालिकालाई शिक्षाबाट वञ्चित हुन नदिन नीति नै बनाएर निःशुल्क छात्रावास कार्यक्रम लागू गरेको हो ।
निःशुल्क छात्रावास सञ्चालनसँगै पालिकाभित्र अर्थाभावका कारण कोही पनि अभिभावकविहीन तथा विपन्न बालबालिका विद्यालय जानबाट वञ्चित हुन नपर्ने गाउँपालिका अध्यक्ष भट्ट बताउनुहुन्छ । कार्यक्रम सञ्चालन गर्न गाउँपालिकाले चालु आर्थिक वर्षका लागि १२ लाख रुपैयाँ विनियोजन गरेर कार्यक्रम सञ्चालन गरेको उहाँले बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति