
काठमाडौँ । ‘स्वदेशी उत्पादन, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ आगामी बुधबारदेखि कृषि तथा घरेलु उद्यमी मेला र दसैँ महोत्सव आयोजना हुने भएको छ ।
यसअघि असोज १३ गते तय भएको मेलाको मिति प्राकृतिक प्रकोपबाट निम्तिएको विपद्का कारण तीन दिनपछि सारिएको आयोजकले जनाएको छ ।
प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहको प्राङ्गणमा हुने मेला घरेलु तथा साना उद्योग सङ्घ र काठमाडौँ महानगरपालिकाको संयुक्त आयोजनामा गर्न लागिएको हो । सङ्घका सचिव तथा मेला संयोजक जीतेन्द्रकुमार श्रेष्ठले महानगरपालिकासँगको सहकार्यमा असोज १६ देखि २३ गतेसम्म काठमाडौं जिल्लाका लघु, घरेलु, साना तथा महिला र कृषि उद्यमीका उत्पादनहरुको काठमाडौं जिल्ला स्तरीय औद्योगिक प्रदर्शनी गर्न लागिएको बताउनुभयो ।
महानगरका ३२ वटै वडाका लघु, घरेलु, साना तथा महिला उद्यमीहरुको सहभागितामा आयोजना गरिने औद्योगिक प्रदर्शनीमा सबै वडामा सञ्चालित उद्योगहरुको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।
लघु घरेलु तथा साना उद्योगका उत्पादन, स्थानीय खानाका परिकार तथा मौलिक उत्पादन, प्राकृतिक रेशाजन्य उत्पादन, स्वदेशी जुत्ता लगायतका ७० वटा स्टलका साथै अन्तरक्रिया, छलफल, सांस्कृतिक कार्यक्रम र खाद्य महोत्सव प्रदर्शनीका आकर्षणको रुपमा रहनेछन् ।
घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष पद्मकुमारी कार्कीले घरेलु तथा साना उद्यमीद्वारा उत्पादन गरिएका वस्तुको प्रवर्द्धन र बजारीकरण गरी स्वदेशी उद्योगद्वारा उत्पादित वस्तुको उपभोगमा वृद्धि गर्ने उद्देश्य रहेको बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका पूर्वअध्यक्ष आङदेण्डी शेर्पाले लघु, घरेलु तथा साना उद्यमीहरुको प्रवर्द्धन गर्न यस्ता मेलाले आगामी दिनमा पनि निरन्तरता दिइने बताउनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति