
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरिएको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले विद्युतीय कारोबार ऐनको दफा ४७ अनुसार सजाय मागदाबी गर्दै मुद्दा दायर गरेको हो ।
मुद्दा आज दर्ता भइसकेकाले मंगलबार अदालतले बयान लिने जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख सन्देश श्रेष्ठले बताउनुभयो ।
प्रसाईंले एक महिलामाथि गरेको टिप्पणी युटुब च्यानलसहित सामाजिक सञ्जालमा सार्वजनिक भएपछि उहाँविरुद्ध विद्युतीय कारोबार ऐनको उल्लंघन गरेको भन्दै उजुरी परेको थियो । सोही उजुरीका आधारमा उहाँ पक्राउ पर्नुभएको थियो ।
नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान पूरा बुझाएको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलले मुद्दा दायर गरेको हो । मागदाबी ठहर भए प्रसाईंलाई पाँच वर्षसम्म कैद वा एक लाखसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति