
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तनका मुद्दा संयुक्त राष्ट्रसंघमा उठाएको बताउनुभएको छ । उहाँले अल्पविकसित मुलुकहरूले जलवायु परिवर्तन हुनुमा भूमिका नखेलेको भएपनि त्यसको नकरात्मक प्रभाव भने भोगिरहनुपरेको बताउनुभयो ।
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किनुभएका ओलीलाई विमानस्थलमा पत्रकारहरूले प्रश्न गरेका थिए-संयुक्त राष्ट्रसंघको महासभा र न्युयोर्क भ्रमणले मुलुकलाई के अर्थ राख्छ ?
जवाफमा प्रधानमन्त्रीले भन्नुभयो, ‘कुनै भैंसी दुहुन गएर दूध लिएर आएँ भनेजस्तो होइन। हाम्रा विचार, समस्याहरू त्यहाँ राख्न गएको हो, राखियो। यी समस्याहरू एउटा देशका मात्र होइन, सबैका हुन्। सबै देश मिलेर समाधान गर्नुपर्छ भन्ने कुरा भयो। अल्पविकसित देशहरूले क्षति र मार सहनु परेको छ, त्यसमा विश्वसमुदायको ध्यान जानुपर्छ। म कुनै भैंसी दुहुन गएर, दुध लिएर आएँ भनेजस्तो होइन । हाम्रा विचारहरू, हाम्रा समस्याहरू त्यहाँ राख्न गएको हो राखियो ।’
प्रधानमन्त्री ओलीले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरूको उद्धार, राहत, घाइतेको उपचारलगायतका काम सरकारले गरिरहेको र अझ प्रभावकारी रूपमा गरिने धारणा राख्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- इम्बोस्ड नम्बर प्लेट निर्णयविरुद्ध जागे नेपाली, आन्दोलन घोषणा
- प्रधानमन्त्री र भियतनामका उपराष्ट्रपतिबीच भेटवार्ता
- जसपाले दुई मन्त्रीलाई फिर्ता बोलायो, वीरेन्द्र र रञ्जुलाई पठाउने तयारी
- एमसीसी नेपालको हितमा छैन : पूर्वप्रधानमन्त्री खनाल
- वीरगञ्जमा हैजा फैलियो, विद्यालय २ दिनलाई बन्द
- नागरिकता विधेयक राष्ट्रियसभाबाट सर्वसम्मत पारित
- विद्या लक्षित ओलीको टिप्पणी– कसैको सदस्यता खोसेको छैन
- विद्यालय शिक्षा विधेयक प्रतिवेदन प्रतिनिधिसभामा पेश
- एकीकृत समाजवादीले भदौ ९ गते स्थापना दिवस मनाउने
- भारत - चीन सहमतिप्रति सांसदहरुले जनाए आपत्ति