
काठमाडौँ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार मस्कोले युद्धको तेस्रो वर्षमा युक्रेनका लागि तय गरेका सबै लक्ष्यहरू पूरा गर्ने बताउनुभएको छ ।
सत्य आफ्नो पक्षमा रहेको दावी गर्दै ‘पुनर्मिलन दिवस’को वार्षिकोत्सव मनाउन जारी गरिएको भिडियो सन्देशमार्फत् पुटिनले निर्धारित लक्ष्य प्राप्त हुने बताउनुभएको हो । सन् २०२२ फेब्रुअरीमा युक्रेनमा सेना परिचालन गरेपछि रूसले लुगान्स्क, डोनेट्स्क, जापोरिझिया र खेरसन लगायतका क्षेत्र कब्जा गरिसकेको छ ।
सम्बोधनमा पुटिनले युक्रेनमा सेना पठाउनुको उद्देश्य रूसी भाषीलाई नव–नाजीवादबाट जोगाउने रहेको बताउदै यसले नाजीवादीहरूलाई रूसको ऐतिहासिक भूमिबाट सदाका लागि छुट्याउने रहेको उल्लेख गर्नु भएको छ ।
पुटिनले ‘पश्चिमी’ गठबन्धनको आलोचना गर्दै ‘युक्रेनलाई आफ्नो उपनिवेशमा परिणत गरी, रूस लक्षित सैन्य आधार खडा गर्न रूसविरूद्ध घृणा, कट्टरपन्थी राष्ट्रवादलगायतका कुरामा शत्रुता फैलाएको बताउनुभयो । ‘अहिले हामी हाम्रा भावी सन्तानको सुरक्षा र समृद्धि लागि लडिरहेका छौँ’ पुटिनले भन्नुभयो। एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
छुटाउनुभयो कि?
सबैताजा उपडेट
- एकैदिन तोलामा ५ हजार बढ्यो सुन
- राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त
- भीमफेदीमा गाडी दुर्घटना हुँदा १४ घाइते, तीन जना गम्भीर
- आज ४ बजे गभर्नर सिफारिस समितिको बैठक बस्दै, ५ बजे मन्त्रिपरिषद बैठक
- ‘प्रधानमन्त्रीलाई हेलिकप्टरमा भाग्न छुट दिन्छौं’
- प्रतिनिधि सभाबाट दशरथ चन्द विश्वविद्यालय विधेयक पारित
- रवि लामिछानेको बन्दीप्रत्यक्षीकरण रिटमा आज सुनुवाइ हुँदै
- यूएईलाई हराउँदै नेपाल महिला विश्वकप छनोटको ग्लोबल क्वालिफायरमा
- दुईवटा विषय थाती राखेर उपसमितिले बुझायो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन
- रसुवामा स्याउ बोकेको गाडीमा भेटियो ठूलो परिमाणमा सुन